चिकित्सकको लाइसेन्स परीक्षा माघको दोस्रो साता हुने
आइतबार, २५ मङ्सिर २०७९, १३ : २८

नेपाल मेडिकल काउन्सिलको ६४ औँ चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) को परीक्षा आगामी माघको दोस्रो साता सञ्चालन गरिने भएको छ । आइतबार काउन्सिलले एक सूचना जारी गर्दै माघ १२ गतेदेखि १४ गतेसम्मका लागि परीक्षा तालिका तोकेको हो ।
परीक्षामा सहभागी हुन इच्छुकले आगामी २७ मङसिरदेखि २७ पुससम्म फारम भर्न सकिने सूचनामा उल्लेख गरिएको छ । यस्तै, पुस २८÷२९ गते विलम्ब शुल्क तिरेर फारम बुझाउन सकिने समेत उल्लेख गरिएको छ । परीक्षा सञ्चालन भने इन्जिनियरिङमा अध्ययन संस्थान पुल्चोकमा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बैंकका ऋणीहरू समस्यामा भए पनि भागेको अवस्था छैन’
-
आन्दोलन थप चर्काउँदै महासंघ, सबै शिक्षक र कर्मचारीलाई काठमाडौँमा आउन अपिल
-
सबै राजावादीहरू एउटै मञ्चमा
-
पाल्पामा जिप दुर्घटना : तीनको मृत्यु, दुई घाइते
-
इरानले सिरियाली नेता असदलाई बचाउन विमान पठाएको नेतान्याहूको दाबी
-
प्रतिनिधिसभा बैठक बस्दै, के–के छन् सम्भावित कार्यसूची ?