युसुफ खान कसरी बने दिलीप कुमार : छोराले फिल्ममा काम गरोस् भन्ने बुबा चाहँदैनथे, कुटाई खाने डरले फेरे नाम
बलिउडमा ट्र्याजेडी किङको रुपमा परिचित दिलीप कुमार आज हामी माझ छैनन् तर उनको फिल्मले जनताको मनमा घर बनाएको छ । आज (डिसेम्बर ११) उनको सयौं जन्मजयन्ती हो । दिलीप कुमार अभिनेता मात्रै थिएनन्, एक युग थिए । हिन्दी सिनेमाको इतिहासका एक यस्ता कलाकार थिए जसले पूरा फिल्म इन्डष्ट्रिको मुहार नै फेरिदिए । दिलीप संसारबाट बिदा भइसकेका छन्, तर उनका धेरै किस्साहरु छन् जुन बलिउड फ्यानहरूले कहिल्यै बिर्सने छैनन् । यस्तै एउटा किस्सा दिलीपको नामसँग सम्बन्धित छ ।
दिलीप कुमारको जन्म ११ डिसेम्बर १९२२ मा पेशावर, ब्रिटिश भारत (हाल पाकिस्तानमा) मा भएको थियो । दिलीपका बुबा लाला गुलाम सरवर खान र आमा आयशा बेगमले आफ्नो छोराको नाम युसुफ खान राखेका थिए । यस्तो अवस्थामा युसुफ खान कसरी दिलीप कुमार बने भन्ने प्रश्न निम्तिन सक्छ । युसुफ खान दिलिप कुमार बन्नु पछाडिको कथा उनको फिल्मी करियरको सुरुवातसँग सम्बन्धित छ । सन् १९४४ मा फिल्म ‘ज्वार भाटा’ रिलिज भएको थियो । यस फिल्ममार्फत् भारतीय सिनेमाकी पहिलो स्टार अभिनेत्री देविका रानीले युसुफ खानलाई दिलीप कुमारको रूपमा चिनाइदिइन् ।
दिलीप कुमारको आत्मकथामा नाम परिवर्तनको कुरा लेखिएको छ
दिलिप कुमारले आफ्नो आत्मकथा ‘दिलीप कुमारः द सबस्टेन्स एण्ड द स्याडो’ मा नाम परिवर्तनको कथा लेखेका छन् । जसमा उनले सन् १९४४ मा जब उनको फिल्म ‘ज्वार भाटा’ रिलिज भएको बेलाको किस्सा लेखेका छन् । यो फिल्म मार्फत् इन्डियन सिनेमाकी पहिलो स्टार नायिका देविका रानीले युसुफ खानलाई दिलिप कुमारको नामबाट पेश गरियो । दिलिपले बताए अनुसार देविकाले उनलाई स्क्रिनमा देखिने उनको रोमान्टिक छविलाई उजागर गर्ने खालको नाम राख्नुपर्ने बताएकी थिइन् । र दिलीप कुमारलाई उनको विचार मन पर्यो र उनी सहमत भए । उनले दिलीप कुमारको नामबाट आफ्नो फिल्मी करियर सुरु गर्ने निर्णय गरे र आफ्नो असाधारण प्रदर्शनका कारण केही समयमै विश्वभर प्रसिद्ध भए ।
पिटाइ खाने डरले नाम परिवर्तन गर्नुपर्‍यो
युसुफ खान दिलिप कुमार बन्ने सम्बन्धमा अर्को रोचक किस्सा छ । यो किस्सा दिलीप कुमारको डरसँग सम्बन्धित छ । पिटाई खाने डरले दिलिप कुमारले नाम परिवर्तन गर्नुपरेको बताइएको छ । यो कुरा उनले आफैंले एक अन्तर्वार्तामा खुलासा गरेका थिए । उनले भनेका थिए, ‘मेरो बुबा फिल्मको कडा विरोधी हुनुहुन्थ्यो । उनका एक निकै मिल्ने साथी थिए, जसको नाम लाला बन्सी नाथ थियो । उनका छोरा फिल्ममा अभिनय गर्थे । मेरो बुवाले ‘तिमीले यो के गरिरहेको छौ’ भनेर सधैँ किचकिच गरिरहनुहुन्थ्यो । आफ्नो साथीलाई ‘तिम्रो यति नौजवान र स्वस्थ छोराले हेर कस्तो काम गरिरहेको छ ?’ भन्थे ।’
दिलिप कुमारले थपे, ‘म जब फिल्ममा आएँ तब मलाई यो कुरा बुवालाई थाहा होला र मसँग रिसाउनुहोला भनेर असाध्यै डर लागिरहेको थियो । मलाई कुट्नु नै हुन्छ होला जस्तो लागेको थियो । त्यतिबेला मेरो अगाडि तीनवटा नाम राखिएको थियो । युसुफ खान, दिलिप कुमार र बासुदेव । मैले ‘युसुफ खान नराख्नुहोस् बाँकी दुईवटामा जुन मनपर्छ, त्यो राख्नुहोस् भनेँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ककटेल २ बाट दिपिका बाहिर
-
३१.४३ अंकले घट्यो सेयर बजार, परिसूचक २६०० मुनि
-
अफगानिस्तानमा दुई यात्रुवाहक बस दुर्घटना, कम्तीमा ५० जनाको मृत्यु
-
दलित समुदायको अधिकारसम्बन्धी विधेयक संसदमा पेस गर्न सरकारलाई निर्देशन
-
पुस ८ गतेदेखि ब्याडमिन्टन प्रतियोगिता हुने
-
जब विमानस्थलमा विराट कोहली महिला पत्रकारसँग विवादमा ओर्लिए !