शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

मिसेस वर्ल्डमा भाग लिन दीक्षा उडिन् अमेरिका

आइतबार, २५ मङ्सिर २०७९, १३ : ०२
आइतबार, २५ मङ्सिर २०७९

‘मिसेस वर्ल्डमा नेपाल २०२२’ विजेता दीक्षा केसी अमेरिका उडेकी छन् । डिसेम्बर १७ देखि अमेरिकाको लस भेगासको वेस्टगेट रिसोर्टमा आयोजना हुने ‘सिसेस वर्ल्ड’ मा सहभागी हुन उनी शनिबार त्यसतर्फ लागेकी हुन् ।

सन् १९८४ मा स्थापित ‘मिसेस वर्ल्ड’ विवाहित महिलाहरूको सहभागिता रहने सौन्दर्य प्रतियोगिता हो । प्रतियोगितामा अमेरिका, युरोप, एसिया, अफ्रिका, अस्ट्रेलिया लगायत ६० भन्दा बढी राष्ट्रहरूको सहभागिता रहने गर्दछ ।
प्रतियोगितामा केसीले राष्ट्रिय पोसाकदेखि नेपाली कलासंस्कृति झल्कने विभिन्न पोसाक समेत प्रस्तुत गर्नेछिन् । दीक्षा रिबन इन्टरटेनमेन्टद्वारा आयोजित वाई वाई ‘मिसेस नेपाल वर्ल्ड २२’ की विजेता हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप