प्रतिनिधिसभामा तीन जोडी सांसदको इन्ट्री
मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट प्रतिनिधिसभामा तीन जोडी (श्रीमान्–श्रीमती) सांसदको प्रवेश भएको छ । दुई जोडी प्रत्यक्ष तथा समानुपातिकतर्फबाट सांसद भएका हुन् भने एक जोडी सांसद भने प्रत्यक्षबाटै निर्वाचित भएका हुन् ।
प्रतिनिधिसभामा सांसदको रूपमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु देउवा राणाको सांसदको रूपमा प्रवेश भएको छ । देउवा डडेलधुराबाट प्रत्यक्षमा निर्वाचित भएकी हुन् भने आरजु समानुपातिकबाट सांसद बनेकी हुन् । आरजु २०७० सालमा पनि सांसद भएकी थिइन् भने सांसदको रूपमा यो उनको दोस्रो प्रवेश हो । देउवा भने सांसदका रूपमा सातौँ पटक प्रत्यक्ष निर्वाचित हुँदै संसद्मा प्रवेश गर्न लागेका हुन् ।
यसैगरी जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष अशोक राई सुनसरी–१ बाट प्रत्यक्षमा निर्वाचित भए । उनको पत्नी सुशीला श्रेष्ठ भने समानुपातिकमा सोही पार्टीबाट सांसद बनेकी छन् । प्रतिनिधिसभामा अशोक राई र सुशीलाको जोडी सांसदको रूपमा प्रवेश गर्ने भएका छन् । सुशील श्रेष्ठ प्राज्ञिक पृष्ठभूमिको महिला नेतृ हुन् ।
यसैगरी संसद्मा नेकपा एमालेका सचिव समेत रहेका रघुवीर महासेठ नेतृ जुली महतो (महासेठ) को जोडी सांसदको रूपमा प्रवेश भएको छ । दुवै जना धनुषाबाट निर्वाचित भएका हुन् । जुली धनुषा ३ बाट लोसपाका नेता अनिल झालाई पराजित गर्दै सांसदमा निर्वाचित भएकी हुन् । यस्तै महासेठ कांग्रेसका महेन्द्र यादवलाई पराजित गर्दै धनुषा ४ बाट प्रतिनिधिसभामा निर्वाचित भएका हुन् ।
त्यस्तै, एमालेका पूर्वसचिव समेत रहेका नेता भीम आचार्यकी पत्नी मिरादेवी खनाल आचार्य प्रदेश १ को समानुपातिक सांसदका लागि छनोट भएकी छन् । मिरादेवी खसआर्य क्लस्टरबाट प्रदेश १ सांसद बन्ने भएकी हुन् । भीम आचार्य भने प्रतिनिधिसभामा निर्वाचित भएका छन् । उनले कांग्रेसका सीताराम महतोलाई पराजित गर्दै प्रतिनिधिसभामा आफ्नो सिट सुरक्षित गरेका हुन् ।
जो चुनाव लडेपनि छुटे
रोल्पाबाट माओवादी केन्द्रका वर्षमान पुन प्रतिनिधिसभामा निर्वाचित भए । उनकी पत्नी ओनसरी घर्ती भने प्रत्यक्ष चुनाव लडेर पराजित बनिन् । ओनसरी काठमाडौँ क्षेत्र नम्बर २ बाट पराजित भएकी हुन् । यसैगरी कांग्रेस नेता बालकृष्ण खाँण रुपन्देही–३ बाट प्रतिनिधिसभामा पराजित भए । तर, उनकी श्रीमती मञ्जु खाँण भने समानुपातिक सांसद बन्न सफल भइन् । यी दुई जोडी निर्वाचन प्रक्रियामा सहभागी भएपनि एकजनामात्रै संसदसम्म पुग्न सफल भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको प्रयासका कारण ब्याजदर एकल अंकमा आउन सम्भव भयो : अर्थमन्त्री
-
पाकिस्तानलाई जिल्याउँदै नेपाल सेमिफाइनलमा, मंगलबार भारतसँग भिड्ने
-
उच्च अंकले घट्यो नेप्से, परिसूचक २६३१ बिन्दुमा
-
गोरखाको ९ वटा पालिकामा माओवादी केन्द्रको सम्मेलन सम्पन्न
-
रूसको कुर्स्क क्षेत्रमा कम्तीमा ३० जना उत्तर कोरियाली सैनिकको मृत्यु
-
कप्तान पूजाको उत्कृष्ट प्रदर्शनसँगै नेपालले पाकिस्तानलाई हरायो