बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

प्रि-ओपन सेसन नेप्से १.२४ अंकले ओरालो

आइतबार, २५ मङ्सिर २०७९, ११ : ४०
आइतबार, २५ मङ्सिर २०७९

प्रि-ओपन सेसनमा नेप्से सूचक १.२४ अंकले घटेको छ । यससँगै सूचक १९१६.०४ विन्दुमा आएको छ । १२ कम्पनीको ३ लाख ८० हजार ७३५ रूपैयाँको सेयर कारोबार भएको छ । कुल ८९६ कित्ता सेयर खरिदबिक्री भएको छ ।

यो सेसनमा १३ उपसूचकहरू मध्ये कुल ३ कम्पनीको मूल्य बढेको छ भने ३ को मूल्य घटेको छ । बाँकी कम्पनीमा कुनै पनि परिवर्तन भएको छैन । यता गरिमा विकास बैंक र सिबाइसी नेपाल लघुवित्त २ प्रतिशतले बढेको छ ।

साथै सिबाइसी नेपाल लघुवित्तको एक लाख बढिको कारोबार भएको र एनआइसी एसिया बैंकको ६७ हजार बढीको कारोबार भएको नेप्सेले जानाएकाे  छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप