ठुला दलले सुदूरपश्चिमबाट ५ जनालाई मात्रै बनाए समानुपातिक सांसद

प्रमुख राजनीतिक दलहरुले समानुपातिकतर्फ प्रतिनिधि सभा सदस्यको लागि सुदूरपश्चिम प्रदेशबाट ५ जनाको मात्रै नाम छनोट गरेको पाइएको छ ।
थ्रेस होल्ड कटाउन सफल राजनीतिक ती दलहरुले अन्य प्रदेशको तुलनामा सुदूरपश्चिम प्रदेशबाट भने निकै कम संख्यामा प्रतिनिधि सभा सदस्यको लागि नाम छनोट गरेको पाइएको हो ।
समानुपातिक सिट संख्या बाँडफाँट विवरण अनुसार राजनीतिक दलहरूले समानुपातिकतर्फको बन्दसूचीमा समावेश रहेका उम्मेदवारबाट प्रतिनिधि सभा सदस्य छनोट गरी निर्वाचन आयोगमा बुझाएका छन् । जुनअनुसार नेपाली कांग्रेसले ३२, एमालेले ३४, नेकपा माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राप्रपाले ७, जनता समाजवादी पार्टीले ५ र जनमत पार्टीले ५ गरी ११० सांसदको सूची बुझाएका हुन् ।
नेपाली कांग्रेसले बुझाएको समानुपातिकतर्फको सूची अनुसार सुदूरपश्चिम प्रदेशबाट खस–आर्य महिलातर्फ आरजु राणा देउवा (डडेल्धुरा), ईश्वरी न्यौपाने (कैलाली) र दलिततर्फ महासनाइ नेपाली (बाजुरा)लाई छनोट गरिएको हो ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभा सदस्यको लागि सुदूरपश्चिमबाट १-१ जनाको नाम सिफारिस गरेका छन् । नेकपा एमालेले खस आर्यबाट बाजुराका दयाल बहादुर शाहीको नाम छनोट गरेको छ । भने, नेकपा माअ‍ोवादी केन्द्रले थारु महिलातर्फ कैलाली निर्वाचन क्षेत्र नं. १ की रुपा सोसी चौधरीको नाम सिफारिस गरेको हो ।
यो सँगै सुदूरपश्चिम प्रदेशबाट प्रत्यक्षका १६ सिटसहित २१ जनाले प्रतिनिधि सभामा सहभागी हुने भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एन्टिबायोटिक औषधिको सेवन बिचमै छोड्नु घातक !
-
सरकार, राजनीतिक दल, प्रशासन र निजी क्षेत्र सबै एउटै डुङ्गामा छौँ : अध्यक्ष ढकाल
-
बैंकर्स संघका अध्यक्ष भन्छन्, ‘मौद्रिक नीतिको समीक्षा स्वाभाविक र अपेक्षित’
-
बाँस सम्मेलनको तयारी पूरा
-
किन २४ घण्टे स्पष्टीकरणमा परे कुलमान ?
-
बागमती प्रदेशस्तरीय दुई दलीय संयन्त्रको बैठकको ७ बुँदे निर्णय