बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

सुरुवातमै रोनाल्डो नखेलाउनुमा पश्चाताप छैन : पोर्चुगल प्रशिक्षक

आइतबार, २५ मङ्सिर २०७९, १० : ०८
आइतबार, २५ मङ्सिर २०७९

युरोपेली राष्ट्र पोर्चुगललाई १–० ले स्तब्ध बनाउँदै शनिबार राति अफ्रिकन राष्ट्र मोरक्को पहिलो पटक फिफा विश्वकप फुटबलको सेमिफाइनलमा स्थान बनाउन सफल भयो । 

यस खेलमा पोर्चुगलले भेट्रान स्ट्राइकर क्रिस्टियोनो रोनाल्डोलाई फेरि एकपटक ‘प्लेइङ सेट’ मा राखेन । खेलमा पराजित भएपछि पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोषले यो निर्णयमा कुनै पश्चाताप नभएको प्रतिक्रिया दिएका छन् । 

‘मलाई लाग्दैन कि पश्चाताप छ।’ खेलमा पराजित भएपछि सान्तोषले भनेका छन् । ‘रोनाल्डो महान् खेलाडी हुन् । उनी आवश्यक पनि छन् । तर, मलाई लाग्छ यो टोली स्विट्जरल्यान्डसँग राम्रो खेलेको थियो,’ उनले थपे । 

रोनाल्डो खेलको ५१औं मिनेटमा वैकल्पिक खेलाडी रुपमा मैदान प्रवेश गरेका थिए । ३९ मिनेट मैदानमा बिताउँदा ११ ‘टच’लिए । पराजित भएपछि रोनाल्डो भावुक बन्दै मैदान छाडेका थिए । यस अघि रोनाल्डो समूह चरणका तीनै खेलमा प्लेइङ सेटमा रहेका थिए । स्विट्जरल्यान्डसँगको अन्तिम १६ भिडन्तमा भने बेन्चमै सीमित बने । जहाँ २१ वर्षीय स्ट्राइकर गोन्कालो रामासेले ह्याट्रिक गर्दा पोर्चुगल ६–१ ले विजयी भएको थियो ।  

खेलपछि बोल्दै सान्तोषले आफ्नो भविष्य राजधानी लिस्बोन फकिएपछि थाहा हुने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप