बेलायतको आवासीय क्षेत्रमा विस्फोट, एक जनाको मृत्यु
आइतबार, २५ मङ्सिर २०७९, ०८ : ०४
जर्सीको राजधानी सेन्ट हेलियरमा रहेको फ्ल्याटको ब्लकमा भएको ‘विनाशकारी’ विस्फोटमा एक व्यक्तिको मृत्यु भएको छ र अन्य धेरै बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ ।
बिहान ४ बजे विष्फोट हुनुअघि बासिन्दाहरूले ग्यासको गन्ध आएको रिपोर्ट गरेपछि अग्नि नियन्त्रकको टोली परिचालन गरिएको जर्सीका प्रहरी प्रमुख रोबिन स्मिथले पत्रकारहरूलाई बताए । उनले भने, ‘तीन तले भवन छ जुन पूर्ण रूपमा भत्किएको छ । त्यहाँ नजिकैको भवनमा पनि क्षति पुगेको छ, । अर्को ब्लकमा फायर सर्भिसले सुरक्षित बनाउन आवश्यक छ । ’
सामाजिक सञ्जालमा खिचिएका तस्बिरहरूले सेन्ट हेलियरको आगोको माथिबाट बिहानको समयमा बाक्लो धुवाँ निस्किरहेको देखाएको थियो । करिब एक दर्जन व्यक्तिहरू हराइरहेका स्मिथले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र शिक्षकबिचको वार्ता निष्कर्षविहीन
-
१० बजे १० समाचार : शिक्षकको आन्दोलन र वार्ता सँगसँगै, कलाकारमाथि डिजिटल हिंसा
-
गर्मी छल्न लेकमा सार्न थालियो पशुगोठ
-
जागरण अभियानले जनतामा आशा जागेको छ : प्रचण्ड
-
कोलकाताले दियो २ सय ५ रनको लक्ष्य, अन्त्य होला दिल्लीमा जितको ८ वर्षको पर्खाइ ?
-
कजरिया टायल्सलाई दुई लाख ८५ हजार जरिवाना, कारोबार पनि रोक्का