मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

डा.गौरीशंकरलाल दासलाई दयाराम परियार स्मृति मानव अधिकार पुरस्कार

शनिबार, २४ मङ्सिर २०७९, २३ : ४०
शनिबार, २४ मङ्सिर २०७९

यस वर्षको दयाराम परियार स्मृति मानव अधिकार पुरस्कार वरिष्ठ मानवअधिकारवादी नेता डा गौरीशंकरलाल दासलाई प्रदान गरिएको छ । पुरस्कारको राशि एक लाख रूपैयाँ छ।

शनिबार राष्ट्रिय मानवअधिकार आयोगद्वारा आयोजित विशेष समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले वरिष्ठ अधिकारकर्मी दासलाई दयाराम परियार स्मृति मानव अधिकार पुरस्कार प्रदान गरेका हुन् ।

हरेक वर्ष मानव अधिकारका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै  आएका व्यक्तित्वलाई आयोगले यो पुरस्कार प्रदान गर्दै आएको छ ।

मानव अधिकारको मूल मन्त्र मर्यादा, स्वतन्त्रता, न्याय र समानता तथा लोकतन्त्रको खातिर जारी २०६२/६३ को जन आन्दोलनको समयमा  राष्ट्रिय मानवअधिकार आयोग जनकपुरमा अनुगमनकै सिलसिलामा दयाराम परियारको सहादत भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप