भैरहवा विमानस्थलबाट उडानका लागि निगमको गृहकार्य सुरु
नेपाल वायुसेवा निगमले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका लागि गृहकार्य सुरु गरेको छ । निगमले भैरहवा विमानस्थलबाट मलेसिया र कतार उडान तथा अन्य मुलुकमा ओभरफ्लाइको तयारी सुरु गरेको हो ।
निगम प्रवक्ता अर्चना खड्काले मलेसिया र कतार उडानका साथै भारत, बर्मा, बङ्गलादेश, बैङ्ककलगायतमा ओभरफ्लाइङ अनुमति लिने प्रक्रिया सुरु गरेको जानकारी दिए । उनका अनुसार दुवै मुलुकमा निगमले सुरुमा काठमाडौँबाट उडान गर्नेछ भने फर्कँदा भैरहवा हुँदै काठमाडौँ अवतरण गर्नेछ ।
नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीले सुरुमा मलेसियामा साताको एउटा र कतारमा साताको दुई वटा उडान गर्ने योजना बनाएको छ । आगामी दिनमा माग भए उडान सङ्ख्या बढाउन सकिने उनको भनाइ छ । निगमले आउँदो पुस ४ देखि भैरहवा विमानस्थलमा ‘टच डाउन’ गर्दै यी दुई गन्तव्यमा व्यावसायिक उडान गर्नेछ ।
हाल भैरहवा विमानस्थलबाट कुवेतको जजिरा एयरवेज र नेपालको हिमालय एयरलाइन्सले व्यावसायिक उडान गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैंगलुरुको कम्ब्याक : लगातार ६ खेल जित्दै प्लेअफमा, साबिक विजेता चेन्नई बाहिरियो
-
एमाले बाँकेको जिल्ला अधिवेशन : अध्यक्षमा तीन जनाको उम्मेदवारी
-
दाङमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
-
नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार
-
पाकिस्तानमा सडक दुर्घटना, ३५ जनाको मृत्यु
-
डडेल्धुरामा परशुराम साहित्य महोत्सव आयोजना हुने