पोर्चुगललाई हराउँदै मोरक्को सेमिफाइनलमा
शनिबार, २४ मङ्सिर २०७९, २२ : ४१
पोर्चुगललाई पराजित गर्दै मोरक्को सेमिफाइनलमा प्रवेश गरेको छ । मोरक्कोले पहिलो हाफमा गरेको एक मात्र गोल खेलमा निर्णायक बन्यो ।
क्वार्टरफाइनल खेलको ४२ औँ मिनेटमा युसेफ एन नेसरीले गोल गर्दै मोरक्कोकालाई अग्रता दिलाएका थिए । योसँगै नेसरी विश्वकपमा मोरक्कोका लागि सर्वाधिक गोलकर्ता बनेका छन् । उनले हालसम्म प्रतियोगितामा ३ गोल गरेका छन् ।
त्यसपछि कुनै पनि टोलीले गोल गर्न सकेन र मोरक्को विश्वकपमा पहिलोपटक सेमिफाइनलको यात्रा तय गर्न सफल भयो । खेलको इन्जुरी समयमा वालदि चेडिराले रातोकार्ड खाएपछि मोरक्को १० खेलाडीमा सीमित बनेको थियो । अब मोरक्कोले इंग्ल्याण्ड र फ्रान्सबीचको विजेतासँग सेमिफाइनलमा भिड्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलको जेलमा प्यालेस्टिनी डाक्टरको मृत्यु
-
नेपाल पत्रकार महासङ्घको चुनाव जेठ २६ मा हुने
-
पृथकतावादी नेता निज्जरको हत्या आरोपमा तीन भारतीय नागरिक पक्राउ
-
बाटो
-
औद्योगिक कोरिडोरमा आगलागीको जोखिम बढ्न थालेपछि न्यूनीकरण कार्यक्रम सञ्चालन
-
आईपीएलमा आज : प्लेअफको सम्भावना जीवित राख्न बैंगलुरुलाई जित्नै पर्ने दबाब