तेस्रो एकदिवसीयमा भारतद्वारा बंगलादेश २२७ रनले पराजित
तेस्रो एकदिवसीय क्रिकेटमा भारतले बंगलादेशलाई २२७ रनले पराजित गरेको छ । इशान किशनको दोहोरो शतक र विराट कोहलीको शतकको सहयोगमा भारतीय टोलीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर ४०९ रन बनाएको थियो । जवाफमा बंगलादेशको टोली १८२ रनमा अलआउट भयो ।
बंगलादेशका लागि शकिब अल हसनले सर्वाधिक ४३ रन बनाए भने कप्तान लिटन दासले २९ रन, यासिर अलीले २५ रन र महमुदुल्लाहले २० रनको योगदान दिए । भारतका शार्दुल ठाकुरले ३ विकेट लिए भने अक्षर पटेल र उमरान मलिकले २/२ विकेट लिए । त्यस्तै मोहम्मद सिराज, कुलदीप यादव र वासिङ्टन सुन्दरले एक–एक विकेट लिए ।
यसअघि भारतीय टोलीका लागि इशान किशनले २१० रनको इनिङ खेले भने विराट कोहलीले पनि झण्डै ४० महिनापछि एकदिवसीय क्रिकेटमा शतकको खडेरी समाप्त गरे। यी दुईबाहेक वासिङ्टन सुन्दरले ३७ र अक्षर पटेलले २० रन बनाए ।
बंगलादेशका लागि तस्किन अहमद, इबादत हुसेन र शकिब अल हसनले २–२ विकेट लिए । मुस्ताफिजुर रहमान र मेहदी हसनले समान १–१ विकेट लिए ।
तर, पहिलो दुई खेल जित्दै बंगलादेशले एकदिवसीय सिरिज २–१ ले जितेको छ । अब दुई टोलीबीच दुई टेष्ट म्याचको शृंखला हुनेछ । पहिलो टेस्ट डिसेम्बर १४ देखि १८ सम्म चट्टोग्राममा र दोस्रो टेस्ट २२ देखि २६ डिसेम्बरसम्म मिरपुरमा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वाधार निर्माण र सेवा विस्तारमा लगानी बढाउनु पर्छ : पूर्वराष्ट्रपति भण्डारी
-
रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई प्रहरीले कारबाही गर्ने
-
वर्षा बाधक बनेपछि अनिर्णित रुपमा सकियो नेपाल र श्रीलंका बिचको खेल
-
गिरिराजमणि पोखरेललाई प्रश्न : विप्लव महिन्द्रसँगको एकता सहमति भत्किएको हो ?
-
राज्यका निकायहरूमा समानुपातिक समावेशीकरणका लागि स्पष्ट कानुन आवश्यक : न्यायाधीश मल्ल
-
विधेयक संशोधनमा प्रधानमन्त्रीको हस्तक्षेप छैन : सभापति खतिवडा