बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

आरजू युआरएल पत्रकारिता पुरस्कारबाट सम्मानित

शनिबार, २४ मङ्सिर २०७९, २१ : २३
शनिबार, २४ मङ्सिर २०७९

पत्रकार आरजू विष्ट सल्यानी युआरएल पत्रकारिता पुरस्कार २०७९ बाट सम्मानित भएका छन् । शुक्रबार आयोजित समारोहमा पोखरा महानगरका मेयर धनराज आचार्य, युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्त लगायतले सल्यानीलाई सम्मान गरे ।

२ दशकभन्दा बढीदेखि पत्रकारिता क्रियाशील सल्यानी रेडियो अन्नपूर्ण र सफल आवाज डटकममा आबद्ध छन् । गीतकार÷गजलकारको रूपमा समेत चर्चित उनी फाइन आर्टमा पनि रुचि राख्छन् । गण्डकी प्रदेशकै पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी(युआरएल)ले स्थापना र सञ्चालन गरेको यो पुरस्कारको राशि नगद २० हजार र ताम्रपत्र छ । 

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेल संयोजक र डा सुरेश पौडेल र पत्रकार वासुदेव मिश्र सदस्य रहेको प्रतिभा छनोट समितिले सल्यानीलाई पुरस्कृत गर्ने निर्णय गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप