नेपालले यु–१८ एसिया रग्बी : नेपालले भारतलाई हरायो
नेपालले यु–१८ एसिया रग्बी सेभेन्समा शनिवार भारतमाथि १२–१० को रोमाञ्चक निकालेमा पनि सेमिफाइनलमा स्थान बनाउन असफल भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतियोगिताको समूह ‘ए’ को अन्तिम खेलमा भारतमाथि रोमाञ्चक जित निकाले पनि सेमिफाइनलमा पुग्न असफल भएको हो ।
कूल चार टोली रहेको समूहमा मलेसिया ९ अंकका साथ विजेता तथा भारत ५ अङ्कसहित उपविजेता बन्दै सेमिफाइनलमा पुगे । यो समूहमा नेपाल र पुछारको थाइल्यान्डको समान ५ अङ्क भए नि स्कोरअन्तरको आधारमा भारत उपविजेता बन्यो । नेपालसहित समूह चरणबाट बाहिरिएका थाइल्याण्ड, बंगलादेश र चाइनिज ताइपेइले प्लेट च्याम्पियनसिपमा पुनः प्रतिस्पर्धा गर्नेछन् । प्लेटमा नेपालले ताइपेइ तथा थाइल्याण्डले बंगलादेशबिरुद्ध खेल्नेछन् ।
नेपालले भारतलाई १२–१० पराजित गरेको थियो । नेपाल थाइल्याण्डसंग १५–७ तथा मलेसियासँग ३४–० ले पछि प¥यो । पुरुषमा ८ टिम सहभागी छन् । एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा भइरहेको प्रतियोगिताको समूह ‘बी’ बाट युएई ९ अंककासाथ विजेता तथा दक्षिण कोरिया ७ अङ्कसहित उपविजेताको हैसियतले सेमिफाइनलमा पुगे । सेमिफाइनलमा भारतको भेट युएईसँग हुनेछ भने दक्षिण कोरियाले मलेसियाको सामना गर्नेछ ।
महिलाको राउण्ड रोविन लिगमा भारत र थाइल्याण्डले समान ३÷३ खेल खेल्दै समान ७÷७ अङ्क जोडे । पाँच टिम सहभागी राउण्ड रोविनमा दुवैको १÷१ खेल बाँकी छ । समान २–२ खेल खेलेका युएई, नेपाल र मलेसियाको क्रमशः ६ अङ्क, २ अङ्क र २ अङ्क रहेको छ । नेपाल थाइल्याण्डसँग ३९–० र युएईसँग ४१–० ले पराजित भयो । एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा आयोजना भएको यु–१८ अन्तर्राष्ट्रिय रग्बी सेभेन्स प्रतियोगिता अन्तिम चरणका खेल आईतवार हुनेछन् । नेपालमा कुनैपनि अन्तर्राष्ट्रिय स्तरको रग्बी प्रतियोगिता भएको पहिलो अवसर हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान’ घोषणा
-
मुम्बई : यात्रुले भरिएको डुङ्गा समुद्रमा पल्टिँदा दुई जनाको मृत्यु
-
जनजीविका र राष्ट्रिय मुद्दामा समाजवादी मोर्चा निष्प्रभावी
-
उमर खालिदले दिल्लीको अदालतबाट पाए अन्तरिम जमानत
-
‘नेपाल टेलिकमले ५ हजारसम्मको उपहार दिन्छ भन्ने सूचना झुटो’
-
बैंकर्सलाई गभर्नरको सहानुभूतिपूर्ण सन्देश, ‘हिजो ध्यान दिएको भए आजको अवस्था आउँदैनथ्यो’