रवि लामिछानेको पार्टीमा ग्यालेक्सी टिभीकी पूर्व कर्मचारी पनि समानुपातिक सांसद
शनिबार, २४ मङ्सिर २०७९, २० : ५२
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले ग्यालेक्सी फोर के टिभीकी पूर्व कर्मचारीलाई समानुपातिक सांसद बनाएको छ । खस–आर्य पिछडिएको क्षेत्रबाट विनिता कठायतलाई समानुपातिक सांसद बनाएको हो । फेसन डिजाइनिङ अध्ययन गरेकी उनी रवि लामिछाने सोही टिभीमा कार्यरत रहेका बेला प्रशासन शाखामा काम गर्थिन् ।
जुम्ला घर भएकी कठायतले रवि लामिछानेसँगै टेलिभिजन छोडेको एक कर्मचारीले बताए । यस्तै अर्की एकजना पत्रकार पनि पनि समानुपातिक सांसदमा चयन भएकी छिन् । खस–आर्य महिला कोटाबाट पत्रकार निशा डाँगी समानुपातिक सांसद बन्न सफल भएकी हुन् । झापा घर भएकी डाँगीले केही समय काठमाडौंमा रहेका केही मिडियाहरुमा काम गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युनलाई थप ३० वर्ष जेल सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : आज पनि सुनुवाइ हुँदै
-
१३ वर्षपछि रियल मड्रिडमा मरिन्होको पुनरागमन
-
ट्रेड युनियनहरू खारेज विरुद्धको रिटमा सुनुवाइ सुरु
-
नेपाल वायुसेवा निगमको सञ्चालक सदस्य छनोट प्रक्रियाविरुद्धको रिट न्यायाधीश ढुङ्गाना र थापाको इजलासमा
-
डेटा सङ्कलन मात्र होइन, निर्णय लिन सिकाउने नेपाली प्रविधि ‘गिगा ईआरपी’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण