रवि लामिछानेको पार्टीमा ग्यालेक्सी टिभीकी पूर्व कर्मचारी पनि समानुपातिक सांसद
शनिबार, २४ मङ्सिर २०७९, २० : ५२

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले ग्यालेक्सी फोर के टिभीकी पूर्व कर्मचारीलाई समानुपातिक सांसद बनाएको छ । खस–आर्य पिछडिएको क्षेत्रबाट विनिता कठायतलाई समानुपातिक सांसद बनाएको हो । फेसन डिजाइनिङ अध्ययन गरेकी उनी रवि लामिछाने सोही टिभीमा कार्यरत रहेका बेला प्रशासन शाखामा काम गर्थिन् ।
जुम्ला घर भएकी कठायतले रवि लामिछानेसँगै टेलिभिजन छोडेको एक कर्मचारीले बताए । यस्तै अर्की एकजना पत्रकार पनि पनि समानुपातिक सांसदमा चयन भएकी छिन् । खस–आर्य महिला कोटाबाट पत्रकार निशा डाँगी समानुपातिक सांसद बन्न सफल भएकी हुन् । झापा घर भएकी डाँगीले केही समय काठमाडौंमा रहेका केही मिडियाहरुमा काम गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थापनाको ९ वर्षसम्म बनेन पालिकाको आफ्नै घर, भाडामै सकियो ६० लाख
-
१२ बजे, १२ समाचार : काठमाडौंका दुई निजी विद्यालयमा छापादेखि बालेनसँगको लफडाले काठमाडौंबाट हात झिक्दै सडक विभागसम्म
-
सिरियामा चार दिनदेखि डढेलो, नियन्त्रणमा चुनौती
-
एकीकृत समाजवादीको झापा अध्यक्षमा भट्टराई
-
बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा
-
गर्मी बढेसँगै सर्पको बिगबिगी