शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

रास्वपाको समानुपातिक सिट बाँडफाँडमा असन्तुष्टि

प्रवक्ता ढकालले आफ्नो गुरुआमालाई र कर्मचारीलाई पारेको आरोप
शनिबार, २४ मङ्सिर २०७९, १९ : ४३
शनिबार, २४ मङ्सिर २०७९

रवि लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टीमा समानुपातिक सिट बाँडफाँडलाई लिएर असन्तुष्टि चुलिएको छ ।  उक्त पार्टीका केन्द्रीय सदस्य तथा समानुपातिकको खस आर्यको दोस्रो नम्बरमा रहेका गणेश कार्कीले यस्तो असन्तुष्टि जनाएका हुन् । उनले पार्टीका महामन्त्री तथा प्रवक्ता मुलुक ढकालले आफ्नो गुरुआमालाई गुरुदक्षिण र आफ्ना कर्मचारीलाई अवसर दिएको आरोप लगाएका हुन् । 

‘म नि झन्डै सांसद भएको थिएँ । हुन्थेँ पनि, यदि राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालजीले आफ्नो गुरुमालाई गुरुदक्षिणा र आफ्नो कर्मचारीलाई अवसर दिन नपरेको भए,’ उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेका छन् । 

उनले १२ वटा क्लस्टरमा पार्टीभित्र प्रारम्भिक निर्वाचन भएको र आफू खसआर्य खुल्लातर्फको दोस्रो नम्बरमा र दीपक बोहोरा तेस्रो नम्बरमा रहेको स्मरण पनि गराएका छन् । 

‘१२ वटा क्लस्टरमा पार्टीभित्र प्रारम्भिक निर्वाचन भएको थियो । म खसआर्य खुलातर्फको दोस्रो नम्बरमा र दीपक बोहोरा तेस्रो नम्बरमा थियौँ । समावेशी र आरक्षणको विषय के हो भने खुलातर्फबाट महिलाको ३३ प्रतिशत पुगेन भने मात्रै ३३ प्रतिशत पु¥याउने गरि महिलालाई राख्नै पर्ने हुन्छ । नियम त्यही हो । विधि त्यही हो । त्यही अनुसार पहिलो प्राथमिकता हाम्रो पार्टीबाट ५ जना महिला पर्ने र बाँकी खुलाबाट हुनु पर्ने हो । यसैले मेरो र दीपकजीको सांसद हुने पक्कापक्की नै हो । तर आफ्नालाई काखी च्यापियो,’ उनले भनेका छन्, ‘जति प्रयास गरे पनि थिति बसाउन सकिएन । म अन्तिमसम्म थिति, विधि भन्दै आवाज उठाइरहेँ । यत्रा मानिसहरूले आशा गरेको पार्टीलाई दुरुपयोग गर्नबाट रोक्न सकिन । मेरो भागमा पर्ने कमजोरी स्विकार्दै माफी चाहन्छु । तर यो यात्रा रमाइलो थियो । पुरानालाई एउटा दामी धक्का हानिएकै हो तर त्यसको उपलब्धिको दुरुपयोग भयो । यो यात्रामा साथ दिने, मलाई विश्वास गरेर घण्टीमा भोट दिने वा माग्ने सबैप्रति आभारी छु ।’

उनले रास्वपालाई समर्थन गर्ने समर्थकहरूको व्यक्तिगत अधिकार रहेको कुरा गर्दै उनले आफ्नो ब्रम्हले सही ठानेको निर्णय गर्न अपिल पनि गरेका छन् । ‘रास्वपालाई समर्थन गर्ने कि नगर्ने तपाईको व्यक्तिगत अधिकारको कुरा हो । आफ्नो ब्रह्मले सहि ठानेको निर्णय गर्नुहोला,’ उनले लेखेका छन्, ‘पुनश्च: फोन, म्यासेज, ट्याग गरेर म समानुपातिकमा किन परिन भनेर सोध्ने सबैको चासोप्रति असीम सम्मान छ । अलग अलग जवाफ दिन सम्भव नभएकाले यहाँ लेखेको हुँ । पुनः पुनश्च: माथिका कुनै पनि आरोप होइनन् । खोज्नु होला । प्रमाणित हुन्छन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप