यी हुन् जसपाका ५ समानुपातिक सांसद
शनिबार, २४ मङ्सिर २०७९, १९ : २८
जनता समाजवादी पार्टी (जसपा) ले समानुपातिक सा.सदको टुंगो लगाएको छ । पार्टीको कार्यकारिणी समितिको बैठकले प्रतिनिधिसभाका ५ जना समानुपातिक सांसदको नाम टुंगो लगाएको हो ।
जसपाका नेता प्रमोद यादवले पुरुषतर्फ प्रकाश अधिकारी र सहनाज रहमानको नाम निर्वाचन आयोगसमक्ष सिफारिस भएको जानकारी दिए । यस्तै महिलामा सुशीला श्रेष्ठ, रन्जु झा र रेखा थापा यादवको नाम सिफारिस भएको उनले बताए ।
सो पार्टीले प्रदेशतर्फ पनि समानुपातिक सांसदको नाम टुंग्याएर आयोगलाई बुझाएको जनाइएको छ ।
प्रदेश १ मा निर्मला लिम्बू र लुम्बिनी प्रदेशमा अम्बिका काफ्ले प्रदेश सभा सदस्यका लागि पार्टीले सिफारिस गरेको छ । मधेस प्रदेशको भने अझै मिल्न बाँकी रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिण कोरियामा यूनविरुद्धको महाभियोगमा सुनवाइ सुरु
-
न्युजिल्यान्डविरुद्धको तेस्रो टेस्ट क्रिकेट : भ्रमणकारी टोली इङ्ल्यान्ड हारतर्फ उन्मुख
-
डीआईजी अर्जुन चन्द अवकाशमा, ३ डीआईजी पद रिक्त
-
पहिलो विदेश भ्रमणमा किन भारत रोजे अनुरा कुमारा दिसानायकेले ?
-
अघि बढ्यो १०६३ मेगावाटको अपर अरुण, विश्व बैंक पछि हटे स्वदेशी लगानीमा निर्माण गरिने
-
गुगलले ल्यायो नयाँ अपरेटिङ सिस्टम