बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

यी हुन् राप्रपाका ७ समानुपातिक सांसद्, प्रकाशचन्द्र लोहनी आउट

शनिबार, २४ मङ्सिर २०७९, १८ : ५५
शनिबार, २४ मङ्सिर २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभाको समनुपातिकतर्फका ७ सांसदको सूची तयार गरेर निर्वाचन आयोगमा बुझाएको छ । राप्रपा उच्च स्रोतका अनुसार पुरुष दुई जनामा पूर्वअध्यक्ष पशुपति शमशेर जबरा र उपाध्यक्ष बुद्धिमान तामाङको नाम सिफारिस भएको छ । 

यस्तै ५ जना महिलामा रोशन कार्की, बिना लामा, बिना जयशवाल, अनिशा नेपाली र गीता बस्नेतको नाम सिफारिस भएको छ ।  पार्टीभित्र समानुपातिकको विषयमा विवाद र पार्टी कार्यालयमै होहल्ला समेत भएपछि राप्रपाले निर्वाचन आयोगमा गोप्य रुपमा यी ७ जनाको सूची बुझाएको हो । 

स्रोतका अनुसार अझै दुई दिन आयोगमा समानुपातिकको नाम सच्याउन सकिने म्याद हुने भएकाले विवाद चर्किएमा यो नाममा फेरबदल हुनसक्ने सम्भावना समेत  छ । 
विशेषगरी राप्रपामा पूर्वअध्यक्ष डा प्रकाशचन्द्र लोहनी र बुद्धिमान तामाङमध्ये हो समानुपातिक सांसद बन्ने भन्नेमा तीव्र विवाद रहेको छ । सो विवादका कारण आजै बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले अध्यक्ष राजेन्द्र लिङ्देनलाई अन्तिम सूची तय गर्ने जिम्मेवारी प्रदान गरेको थियो ।

सोही अनुसार लिङ्देनले नेताहरुसँग परामर्श गरेर नाम आयोगमा पठाएका  हुन् । सूचीअनुसार बन्दसूची तयार गर्दादेखि नै आफ्नो नाम एक नम्बरमा हुनुपर्ने दाबी गर्दै आएका प्रकाशचन्द्र लोहनी संसद बन्न असफल भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप