आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

नेपाल समाजवादी पार्टीको बैठक : यस्ता छन् निर्णयहरू

शनिबार, २४ मङ्सिर २०७९, १७ : ४८
शनिबार, २४ मङ्सिर २०७९

नेपाल समाजवादी पार्टीको दुई दिनसम्म चलेको केन्द्रीय पदाधिकारीको बैठक शनिबार सम्पन्न भएको छ ।  नेसपाको केन्द्रीय कार्यालय सुविधानगरमा बसेको बैठकमा भर्खरै सम्पन्न निर्वाचनको बारेमा प्रदेशहरूबाट रिपोर्टिङ र समीक्षा हुनुका साथै वर्तमान राजनीतिक सन्दर्भमाथि पनि छलफल भएको छ । साथै पार्टीको आगामी कार्ययोजना, रणनीति र पार्टी एकताबारे निर्णय गर्न पौष १५ भित्र राजनीतिक समितिको बैठक बस्ने निर्णय पनि भएको छ । 

भर्खरै सम्पन्न निर्वाचनमा पार्टीलाई मत दिने सबै मतदाताहरूलाई धन्यवाद ज्ञापन पनि गरिएको नेपाल समाजवादी पार्टीले जानकारी दिएको छ । नेसपाका उम्मेद्वारहरुमध्ये सर्लाही २ मा प्रतिनिधिसभा सदस्यमा महिन्द्र राय यादव विजयी भएका छन् । त्यस्तै प्रदेशसभामा सिन्धुली र गोरखामा क्रमशः गंगा श्रेष्ठ र फणीन्द्र देवकोटा विजयी भएका छन् ।

त्यस्तै मधेशबाट प्रतिनिधित्व हुने गरी समानुपातिक तर्फ उमरावती यादवलाई प्रतिनिधिसभामा पठाउने पनि निर्णय भएको छ । लुम्बिनी प्रदेशमा समानुपातिक प्रणाली तर्फबाट राजु नेपालीलाई प्रदेशसभामा पठाउने निर्णय पनि बैठकले गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप