समानुपातिक सांसद छान्न चार घण्टादेखि एमाले बैठक जारी
शनिबार, २४ मङ्सिर २०७९, १६ : २२
नेकपा एमालेलाई समानुपातिक सांसद छान्न सकस परेको छ । प्रतिनिधि सभा र प्रदेश सभाका समानुपातिक सांसद छान्न पार्टी कार्यालयमा चार घण्टादेखि सचिवालय बैठक बसिरहेको छ ।
निर्वाचन आयोगले दिएको समय सकिन लाग्दा पनि एमालेले नाम टुङ्ग्याउन नसकेको हो । बैठक अझै जारी रहेको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । मङ्सिर ४ गते भएको निर्वाचनको नतिजा अनुसार संघीय संसद्मा नेकपा एमालेले प्रत्यक्षतर्फ ४४ सिट र समानुपातिक तर्फ ३४ सिट जितेको छ । एमालेले समावेशी सिद्धान्तअनुसार ३४ जना समानुपातिक सांसद चयन गर्नेछ ।
निर्वाचन आयोगले राजनीतिक दलहरूलाई समानुपातिक सांसदको सूची शनिबारभित्र पठाउन बुधबार पत्र पठाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अग्नि सापकोटाविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
-
लुम्बिनीका विना विभागीय ७ मन्त्रीले पाए जिम्मेवारी, कसलाई कुन मन्त्रालय ?
-
महोत्तरीका वनक्षेत्रमा फेरि डढेलो
-
१६ औँ योजनाको छलफलका लागि पूर्वप्रधानमन्त्रीदेखि ७५३ पालिकाका प्रतिनिधिलाई काठमाडौँ बोलाइयो
-
जर्मनीले गाजालाई फेरि मद्दत गर्ने
-
शिक्षकको जागिर छाडेर जनयुद्धमा होमिएका परियार बने मन्त्री