प्रकाशचन्द्र कि बुद्धिमान भन्ने विषयले राप्रपामा तनाव, पार्टी कार्यालयमा होहल्ला
शनिबार, २४ मङ्सिर २०७९, १६ : १७
समानुपातिक सांसद सूचीको विषयमा राप्रपामा विवाद देखिएको छ । प्रतिनिधिसभातर्फ २ जना पुरुष कोटामध्ये प्रकाशचन्द्र लोहनी कि बुद्धिमान तामाङलाई लैजाने भन्नेमा विवाद देखिएको हो । दुबैले आफ्नो अडान नछाड्दा अहिलेसम्म निर्णय हुन सकेको छैन ।
एक नेताका अनुसार पार्टी कार्यालयमा दुबैमा समर्थकका साथै अरू आकाङ्क्षीहरू भेला भएर होहल्ला गरेका छन् । पार्टी कार्यालयमा सयौँको सङ्ख्यामा भेला भएको ती नेताको भनाइ छ । अहिले अध्यक्ष राजेन्द्र लिङ्देनले कार्यसम्पादन समितिका नेताहरूलाई एकएक गरेर बोलाउँदै राय लिइरहेका छन् । पुरुषतर्फ अर्को सिटमा भने पशुपति शमशेर राणाको नाम टुङ्गो लागिसकेको प्रवक्ता मोहन श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइड्रोजनमा केन्द्रित बन्दै नेपाल, केयूको सहयोगमा बुद्धभूमिले सम्भाव्यता अध्ययन गर्ने
-
जबरजस्ती करणी गरेको अभियोगमा दुई युवक पक्राउ
-
एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठक : अध्यक्ष ओलीले पेस गरे राजनीतिक प्रतिवेदन
-
नेपाली सिक्दै भोजपुरी अभिनेत्री, भिडियो भाइरल
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु
-
गोदावरीमा एमालेको महाधिवेशन प्रतिनिधि परिषद् (तस्बिरहरू)