बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

आफ्नो नाम हटाएर समानुपातिकमा अध्यक्षकी श्रीमतीको नाम राखेकोमा साहको आपत्ति

शनिबार, २४ मङ्सिर २०७९, १६ : १३
शनिबार, २४ मङ्सिर २०७९

नेपाल संघीय समाजवादी पार्टीको तर्फबाट मधेस प्रदेशका समानुपातिकतर्फका मधेसी उम्मेदवार कमलेश्वरप्रसाद साहले बन्दसूची अनुसार मधेसी कोटाअन्तर्गत उम्मेदवार कायम गर्न माग गरेका छन् । पार्टी अध्यक्ष मुहमद रिजवान अन्सारीले बन्दसूचीअनुसार आफ्नो नाम कायम नगरेर श्रीमतीको नाम सिफारिस गरेको भन्दै साहले आपत्ति जनाएका हुन् । 

रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै साहले आयोगसमक्ष आफ्नो उम्मेदवारी कायम गर्न माग राखेका छन् । उनले भने,‘संघीय समाजवादी पार्टीबाट मधेस प्रदेशसभामा एक सिट समानुपातिकतर्फ प्राप्त भएको छ । सो १ सिटको लागि मधेस प्रदेशको लागि पहिला मधेसी उम्मेदवारले प्राप्त गर्ने र पछि अर्को समुदायले पाउने भन्ने पार्टीको नीति, नियम समेत रहेको अवस्थामा पार्टीले पेस गरेको बन्द सूचीका आधारमा मेरो नाम सिफारिस भएको थियो ।’

उनले पार्टी अध्यक्ष अन्सारीले गलत मनसाय राखी नियमविपरित आफ्नै श्रीमती विमला अन्सारी (मुस्लिम) को नाम समानुपातिक उम्मेदवारमा सिफारिस गरेको भन्दै विपत्ति जनाए । उनले यसबारेमा आयोगसमक्ष निवेदन पनि दिएको सुनाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप