शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपाली कांग्रेस : कर्णालीबाट ५ र सदूरपश्चिमबाट ७ जना समानुपातिक सांसद चयन

शनिबार, २४ मङ्सिर २०७९, १५ : ५१
शनिबार, २४ मङ्सिर २०७९

नेपाली कांग्रेसले कर्णाली प्रदेशबाट ५ जना समानुपातिक सांसद चयन गरेको छ । पाँचै जना महिलालाई समानुपातिक सांसद बनाएको प्रकाशशरण महतले बताएका हुन् । दलित महिलातर्फ लक्ष्मी सुनार चयन भएकी छन् भने जनजाति महिलातर्फ बलिमाय बुढा चयन हुँदा खसआर्य महिलाबाट जानकी सिंह, विजया बुढा र इन्द्रकुमारी शाही चयन भएका छन्। 

सुदूरपश्चिम प्रदेशमा ७ जना सांसद चयन गरेको छ । सुदूरपश्चिम प्रदेशमा कांग्रेसबाट सातै जना महिलाले अवसर पाएका हुन् । दलित महिलातर्फ ललिता सुनार चयन हुँदा खसआर्यबाट मधु भारती, सरस्वती खड्का, जुना दानी, डम्बरी महरा र तुलसी देवकोटा चयन भएका छन्। यस्तै थारूतर्फ गीताकुमारी चौधरी चयन भएकी छन्। प्रदेश १, मधेस प्रदेश, बागमती र लुम्बिनी प्रदेशमा पुरुष सांसदको नाममा टुङ्गो लागेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप