शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पेरुका नयाँ राष्ट्रपतिले विरोध प्रदर्शनका बीच निर्वाचन गराउने सङ्केत

शनिबार, २४ मङ्सिर २०७९, १५ : २०
शनिबार, २४ मङ्सिर २०७९

पेरुका नव निर्वाचित राष्ट्रपति डिना बोल्वार्टेले आगामी निर्वाचन निर्धारित समयभन्दा अगावै हुन सक्ने सङ्केत गरेकी छन् । यदि परिस्थिति अनुकूल भयो भने  सरकारले चुनाव अगाडि सार्ने गरी कङ्ग्रेसका राजनीतिक र लोकतान्त्रिक शक्तिहरूसँग वार्ता गर्ने सम्भावना रहेको उनले बताएकी छन् ।

बोल्वार्टेले बुधबार पदभार ग्रहण गर्दै कङ्ग्रेसले उनको पूर्ववर्ती पेड्रो कास्टिलोलाई विधायिका भङ्ग गर्ने असफल प्रयासको गरेको केही घण्टापछि महाभियोग लगाएको थियो । सुरक्षा बलद्वारा हिरासतमा रहेका कास्टिलोले यसअघि विपक्षी नेतृत्वको कङ्ग्रेसले अनुमोदन गरेको महाभियोग प्रस्ताव आफू विरुद्ध राजनीतिक खेलको हिस्सा भएको टिप्पणी गरेका थिए ।

पेरुको अरेक्विपा, इका र ट्याक्ना क्षेत्रहरूमा पान–अमेरिकन राजमार्गको केही भागहरूमा विरोध प्रदर्शन भइरहेका बेला प्रारम्भिक चुनावमा बोलुआर्टेको टिप्पणी सार्वजनिक भएको हो । त्यहाँ स्थानीयहरूले कास्टिलोको गिरफ्तारीको विरोधमा ढुङ्गा, लाठीसहित टायर बालेर सडक अवरुद्ध गरेका छन्। 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप