शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चाँगुनारायणमा रग्बी रंगशाला निर्माण गरिनेछ : खेलकुदमन्त्री

शनिबार, २४ मङ्सिर २०७९, १५ : ००
शनिबार, २४ मङ्सिर २०७९

युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले नेपाल खेलको लागि महत्त्वपूर्ण सम्भावना बोकेको देश भएको बताएका छन् । शनिबारदेखि काठमाडौँको दशरथ रंगशालामा सुरु भएको एसिया रग्बी यू–१८ सेभेन्स च्याम्पियनसिपको उद्घाटनपछि बोल्दै उनले नेपाल प्राकृतिक विषमताहरु भएको देश रहेको उल्लेख गर्दै नेपालका हिमाल, पहाड र तराईका क्षेत्रहरूमा विश्वका सबै ठाउँमा पाइने हावापानी भएकाले खेलकुदको ठुलो सम्भावना बोकेको देश भएको बताएका हुन् । 

उनले भक्तपुरको चाँगुनारायणमा अन्तर्राष्ट्रिय स्तरको रग्बी रंगशाला निर्माण गर्ने प्रक्रिया समेत अघि बढाइएको बताए । मन्त्री गहतराजले नेपालको भौगोलिक विविधताले खेलकुदका गतिविधिहरू सञ्चालन गर्ने कुरामा थप सहयोग पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा अन्तर्राष्ट्रिय स्तरका खेलहरू नेपालमा खेलाउन पनि आग्रह गरे ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप