बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपालमै पहिलो पटक विदेशी कलेजको व्यवस्थापन सम्हाल्दै इस्लिङटन कलेज

शनिबार, २४ मङ्सिर २०७९, १४ : ५६
शनिबार, २४ मङ्सिर २०७९

इस्लिङट्न कलेज, लण्डन मेट्रोपोलिटन विश्वविद्यालय, माई सेकेण्ड टिचर र आरभिआई ग्रुप बीचमा लण्डन मेट्रोपोलिटन विश्वविद्यालयको बीए (अनर्स) बिजनेस प्रशासन कोर्ष अध्ययन गर्ने सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको छ । चार निकायबीच सम्झौता भएपछि विदेशी विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित इस्लिङटन कलेजले नेपालमै पहिलो पटक विदेशको कलेजको व्यवस्थापन जिम्मा लिएको हो । 

लण्डन मेट्रोपोलिटन विश्वविद्यालयको सम्बन्धनमा अनलाइन बिए (अनर्स) बिजनेस प्रशासन तहको कक्षा सञ्चालन गर्ने विषयमा चार निकायबीच सम्झौता भएको हो । जस अनुसार विश्वविद्यालयले तयार गरेको पाठ्यक्रम म्यानमार र थाइल्यान्डमा अध्यापन हुने भएको छ ।  कक्षा फेब्रुअरी सेसनबाट सञ्चालन हुनेछ । 

विश्वको चर्चित मानिएको आरभिआई ग्रुपले विश्वविद्यालयको पाठ्यक्रमलाई व्यवस्थित रूपमा सञ्चालन गर्न सम्पुर्ण सहयोग गर्नेछ । सिंगापुरमा कार्यालय रहेको आरभिआई ग्रुपले विश्वका २० शैक्षिक केन्द्र र ६ वटामा एकेडेमिक्स काम गरिरहेको छ । आरभीआईका प्रमुख कार्यकारी अधिकृत आर्गस एङगले आरभिआई ग्रुपले भियतनाम, इन्डोनेसिया, कम्बोडिया, म्यानमार, थाइल्याण्ड लगायत अन्य मुलुकमा काम गरिरहेको  जानकारी दिए । निकट भविश्यमा  चार निकायको सहकार्यम थाइल्याण्ड र म्यानमारमा अनलाईन कक्षा सञ्चालन कक्षा सञ्चालन गर्ने प्रमुख कार्यकारी अधिकृत एङगले बताए । 

इस्लिङट्न कलेजले यस साझेदारीमा विद्यार्थीको स्नातकसम्मको यात्रामा सम्पूर्ण प्रक्रियालाई सहजीकरण गरेर यस साझेदारीमा प्रमुख भूमिका खेल्नेछ । जस अन्तर्गत कलेजले विद्यार्थी परामर्श देखि भर्ना प्रकृया र विद्यार्थीको क्षमता अभिवृद्धी गराउने व्यवस्था गर्ने लगायतको मुख्य भूमिका रहनेछ ।

इस्लिङट्न कलेजका संकाय पनि मूल्याङ्कन विकास प्रक्रिया सिर्जना गर्न साथै लन्डन मेट्रोपोलिटन विश्वविद्यालयको दिशानिर्देश अनुसार मार्किङ प्रक्रियाहरू सञ्चालन गर्न जिम्मेवार हुने कलेजका अध्यक्ष शुलभ बुढाथोकीले बताए । 

यो साझेदारीमा समावेश गरिएको अर्को अग्रगामी पहल र सायद सबैभन्दा महत्त्वपूर्ण मध्ये एक, अनलाइन शिक्षाको लागि प्लेटफर्मको रूपमा माई सेकेन्ड टिचरको प्रयोग गर्दैछ । माई सेकेन्ड टिचरको सहयोगमा सबै पाठ्यक्रम सामग्री विद्यार्थीहरूलाई उपलब्ध गराइनेछ र तिनीहरूको असाइनमेन्टहरू पनि सोहि प्लेटफर्ममा वितरण गर्ने माई सेकेण्ड टिचरका संस्थापक डा.बेन्सन सुङले जानकारी दिए । 

सम्झौतापत्रमा आरभिआइ ग्रुपका आर्गस एङ्ग, माई सेकेन्ड टिचरका संस्थापक डा.बेन्सन सुङ , इस्लिङट्न कलेज र इनोभेट नेपाल ग्रुपका संस्थापक अध्यक्ष शुलभ बुढाथोकी र लण्डन मेट्रोपोलिटन विश्वविद्यालयका हेड अफ एकेडेमिक पार्टनरसिप डा. वेन्डी ब्लोइसीले हस्ताक्षर गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप