शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सेनाका पूर्वरथी बलदेवराज महत मृत फेला

शनिबार, २४ मङ्सिर २०७९, १४ : ४३
शनिबार, २४ मङ्सिर २०७९

नेपाली सेनाका पूर्वरथी बलदेवराज महत आफ्नै घरमा मृत फेला परेका छन्।  महत शनिबार बिहान काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–९ मण्डिखाटार स्थित घरमा मृत फेला परेका हुन् ।

उनी झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरत बोहोराले रातोपाटीलाई जानकारी दिए। झुन्डिएको अवस्थामा फेला परेका उनलाई त्यसलगत्तै ह्याम्स अस्पताल लगिएको थियो ।

अस्पताल पुर्याएलगत्तै चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए । त्यसपछि महतको शव पोस्टमार्टमको लागि महाराजगन्जस्थित टिचिङ अस्पताल लगिएको थियो। पोस्टमार्टमपछि उनको शव परिवारले बुझेर दाहसंस्कारका लागि आर्यघाट लगिएको बोहोराले जानकारी दिए ।  

महतले २०७६ सालमा सेनाबाट अवकाश पाएका थिए। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप