शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

समानुपातिक तर्फका सांसदहरुको टुङ्गो लगाउन राप्रपाको बैठक जारी

शनिबार, २४ मङ्सिर २०७९, १३ : ३२
शनिबार, २४ मङ्सिर २०७९

समानुपातिक तर्फको सांसदहरुको टुङ्गो लगाउन राष्ट्रिय प्रजातन्त्र पार्टी छलफलमा जुटेको छ । पार्टी कार्यालय धुम्बाराहीमा छलफल चलिरहेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । दिउँसो ४ बजे अगाडिसम्म नाम टुङ्गो लगाएर निर्वाचन आयोगमा नाम पठाउने गरी छलफल भइरहेको उनले बताए ।

प्रतिनिधि सभामा राप्रपाले समानुपातिकमा पाएको ७ सिट मध्ये ५ सिटमा अनिवार्य महिला पठाउनुपर्ने छ भने २ जना मात्र पुरुष सांसद छनौट गर्न सक्नेछ । पुरुषमा पशुपति शम्शेर जबरा निश्चित भएपनि दोस्रो पुरुषमा प्रकाशचन्द्र लोहनी वा अन्य उम्मेदवारलाई छनौट गर्ने भन्नेमा विवाद रहेको छ । राप्रपाले प्रतिनिधिसभामा समानुपातिक तर्फ ७ सिट र ७ प्रदेशमा समानुपातिक तर्फ १६ सिट पाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप