शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अर्जेन्टिना र नेदरल्याण्ड्सको खेल हेर्दा ढलेका अमेरिकी पत्रकारको मृत्यु

शनिबार, २४ मङ्सिर २०७९, १३ : ०९
शनिबार, २४ मङ्सिर २०७९

कतार विश्वकपमा एक चर्चित अमेरिकी खेल पत्रकारको मृत्यु भएको छ । ४८ वर्षीय ग्रान्ट वाल शुक्रबार राति अर्जेन्टिना र नेदरल्याण्ड्सविरुद्धको खेल हेर्दै गर्दा ढलेका थिए । उनको मृत्यु कारण खुल्न सकेको छैन । महिनाको सुरुवातमा एलजीबीटी समुदायको समर्थनमा सप्तरङ्गी टिसर्ट लगाएर स्टेडियम प्रवेश गर्न खोजेको भन्दै कतारका अधिकारीहरूले उनलाई केही बेर नियन्त्रणमा लिएका थिए ।

अमेरिकी सकर फेडरेसनले ग्रान्टको निधनले आफूहरू दुःखी भएको बताएको छ । फुटबल समर्थकहरूले ग्रान्टलाई खेलको बारेमा प्रस्तुत गर्ने रोचक कथाहरूका लागि सधैँ सम्झिने फेडरेसनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

 उनका एजेन्ट टिम स्क्यानलानले रोयटर्सलाई क्वार्टर फाइनल खेलमा ग्रान्ट अतिरिक्त मिनेटको सुरुमा ‘अक्यूट डिस्ट्रेस’ समस्याबाट ग्रस्त भएको जानकारी दिएका छन् ।  –बीबीसी 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप