भेनेजुएलाका राष्ट्रपतिलाई ड्रोन हमला गर्नेलाई ३० वर्ष जेल सजाय
शनिबार, २४ मङ्सिर २०७९, १२ : ४१
सन् २०१८ मा भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई लक्षित गरी असफल ड्रोन आक्रमणमा संलग्न तीन जनालाई ३० वर्षको जेल सजाय सुनाइएको छ ।
मारिया डेलगाडो ताबोस्की, सेवानिवृत्त सेना प्रमुख जुआन कार्लोस मारुफो र सेवानिवृत्त कर्णेल जुआन फ्रान्सिस्को रोड्रिग्वेजलाई 'आतंकवाद, देशद्रोह र आपराधिक षडयन्त्र' को आरोपमा दोषी ठहराइएको उनीहरुका परिवारले बताएका छन् ।
आपराधिक सुनुवाइ बिहीबार राति सुरु भएको र शुक्रबार बिहानसम्म चलेको परिवारका सदस्यले बताएका छन् । ४८ वर्षीय डेलगाडो ताबोस्कीसँग भेनेजुएला र स्पेनको दोहोरो नागरिकता छ र उनी संयुक्त राज्य अमेरिकामा बस्ने ओस्मान डेलगाडो ताबोस्कीकी बहिनी हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यविनायक धुलिखेल सडक यसरी बन्दै छ ६ लेनको (तस्बिरहरू)
-
नेपालले आज थाइल्यान्डसँग खेल्दै
-
चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि आन्तरिक गैँडा स्थानान्तरण
-
६ महिनामा २८ लाख फोरजी प्रयोगकर्ता थपिए, मोबाइल प्रयोगकर्ता ६१ लाखले घटे
-
जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक आज
-
एक निर्वाचन क्षेत्र : एक रणनीतिक सडकको काम सुस्त