शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

धौलागिरि अस्पताललाई एम्बुलेन्स हस्तान्तरण

शनिबार, २४ मङ्सिर २०७९, १२ : ३३
शनिबार, २४ मङ्सिर २०७९

धौलागिरि अस्पताल बागलुङलाई नयाँ एम्बुलेन्स हस्तान्तरण गरिएको । बागलुङ नगरपालिका र बागलुङ अस्ट्रेलिया समाजको सहयोगमा खरिद गरिएको एम्बुलेन्स अस्पताललाई हस्तान्तरण गरिएको हो । 

एम्बुलेन्स खरिद गर्नका लागि बागलुङ नगरपालिकाले रु ३२ लाख र बागलुङ अस्ट्रेलिया समाजले रु २८ लाख दुई हजार सहयोग गरेको थियो । गत सालको मङ्सिरमा अस्पताल विकास समितिले विविध कारण देखाउँदै बागलुङ समाज अष्ट्रेलियाले पठाएको सो रकम फिर्ता गरेको थियो । एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा बागलुङ नगरपालिका प्रमुख वसन्तकुमार श्रेष्ठले एम्बुलेन्सको सदुपयोग गर्नुपर्ने बताए ।

एम्बुलेन्स खरिदका लागि रकम जुटाउन समन्वय गर्ने पुनम शर्मा, जमुना विष्टले एम्बुलेन्सको सदुपयोग हुनुपर्नेमा जोड दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप