महोत्तरीको बर्दिबासमा एकै रातमा ३ वटा पसलमा चोरी
शुक्रबार राति महोत्तरीको बर्दिवासमा तीन वटा पसलमा चोरी भएको छ । बर्दिवासस्थित पन्चधुरा मसला मिल तथा माहादेव जेनरल किराना पसल, खड्का सप्लायर्स कोल्ड र आराध्य अटो मोटर पार्टस एण्ड सर्भिसेज सेन्टरबाट चोरी भएको हो ।
खड्का सप्लायर्स कोल्ड स्टोरबाट सामान र नगद गरी झण्डै ७० हजार, पन्चधुरा मसला मिल तथा माहादेव जेनेरल स्टोरवाट सामान र नगद गरी झण्डै एक लाख बराबरको सामान चोरी भएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।
त्यसैगरी आराध्या मोटर पार्टसबाट सामान र नगद गरी दुई हजार बराबरको चोरी भएको उक्त मोटर पार्टसका संचालक बिक्रम थापाले जानकारी दिए ।
आराध्य मोटर पार्टस र खड्का सप्लायर्स कोल्ड स्टोरसगै जोडिएका छन् । खड्का सप्ल्यार्स कोल्ड स्टोरमा पुग्न आराध्या मोटर पार्टसको सटर प्रयोग गरेको पाइएको छ ।
आराध्या मोटर पार्टसबाट मान्छे छिर्न सक्ने प्वाल बनाएर पसलमा चोरी गरेको खड्का सप्ल्यार्स कोल्ड स्टोरका संचालक सुरज खड्काले बताए । प्रहरीले शंका लागेका केहीलाई निगरानी बढाएको छ । पीडितहरुले शंका गरेका सेहीनाइ निगरानी बढाइएको इलाका प्रहरी कार्यालय गौरिडाडाले जनाएको छ ।
प्रहरीको अनुसार पन्चधुरा मसला मिल तथा माहादेव जेनरल किराना पसलको छानोको जस्ता उखलेर चोरभित्र पसेको देखिएको छ ।
न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृह जिल्लामै ओलीको निर्देशन पालना भएन, सहमतिको नाममा निर्वाचन कार्यतालिका सारियो
-
सहसचिव शर्माको नेतृत्वमा बजेटको मस्यौदा लेखन समिति गठन
-
द्रुतमार्गको सट्टाभर्ना बापत सेनाले वृक्षरोपण गरेको जग्गामा व्यक्तिको दाबी
-
रोमाञ्चक खेलमा आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ लाई २१ रनले हरायो
-
फौजदारी न्यायको प्रभावकारिता बिना न्याय प्रणाली सुदृढ बन्न सक्दैन: प्रधानन्यायाधीश श्रेष्ठ
-
सङ्घीयता प्रतिवेदनका सुझाव कार्यान्वयन गर्न निर्देशन