शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्लेयर टू वाच : असरफ हकिमी, मोरक्को

पोजिसन : राइट विङ्ग ब्याक, उमेर : २३ वर्ष
शनिबार, २४ मङ्सिर २०७९, ११ : ५२
शनिबार, २४ मङ्सिर २०७९

पेरिस सेन्ट जर्मनका युवा खेलाडीले कतारमा जारी विश्वकपमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । रियल मड्रिडको एकेडेमीबाट खारिएका उनले कलिलो उमेरमा नै मोरक्कोका लागि ५० खेल पुरा गरिसकेका छन् । 

हर्भ रेनार्डले हकिमीलाई मात्र १७ वर्ष ११ महिना र ७ दिनको उमेर डेब्युको अवसर दिएका थिए । मोरक्कोका लागि खेल्ने हकिमी दोस्रो कम उमेरका खेलाडी हुन् । उनीभन्दा अघि हचिम मस्तुरले सन् २०१५ मा डेब्यू गरेका थिए । तर, त्यसयता उनले राष्ट्रिय टोलीमा स्थान पाएका छैनन् ।

लिग वानको इतिहासमा सबैभन्दा महँगो डिफेन्डर बनेका हकिमी निकै खटेर खेल्ने खेलाडीमा पर्छन् । रियलमा खेल्ने मौका नपाएपछि उनी ऋणमा जर्मन क्लब बोरुसिया डर्टमण्ड पुगेका थिए । त्यहाँबाट इन्टर मिलान पुगेका उनी सन् २०२१ मा पीएसजीसँग आबद्ध भएका हुन् । पहिलो सिजन भने उनका लागि सुखद रहेन । माउरिसियो पोचेटिन्होको खेल्ने शैली हकिमीसँग नमिल्दा उनले आफ्नो पूर्ण क्षमतामा खेल्न सकेनन् । अहिले उनले ४६ खेलमा पीएसजीका लागि ७ गोल गरिसकेका छन् ।

रियलमा छँदा च्याम्पियन्स लिग, युईएफए सुपर कप, फिफाल क्लब विश्वकप जितेका उनले इटालियन सिरिए ए र लिग वानको उपाधि जितिसकेका छन् । यस विश्वकपमा सर्प्राइज टोली रहेको मोरक्कोले शनिबार साँझ पोर्चुगलको सामना गर्दैछ । यस खेलमा हकिमीको प्रदर्शनमा मोरक्कोका समर्थकको अपेक्षा रहनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप