शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अनुदानमा उन्नत जातको गाई वितरण

शनिबार, २४ मङ्सिर २०७९, ११ : २४
शनिबार, २४ मङ्सिर २०७९

ताप्लेजुङको मैवाखोला गाउँपालिकाले ‘अग्र्यानिक मैवाखोला’ अभियानअन्तर्गत अनुदानमा उन्नत जातको गाई वितरण गरेको छ । किसानको आयआर्जन बढाउन गाई वितरण गरिएको हो । 

गाउँपालिकाको ५० प्रतिशत अनुदान र किसानको ५० प्रतिशत लगानीमा करिब रु आठ लाखमा १३ वटा उन्नत जातको गाई खरिद गरी किसानलाई वितरण गरेको गाउँपालिकाका पशु शाखाका प्रमुख वमप्रसाद वनेमले बताए। वनेमका अनुसार होलस्टेन र जर्सी जातका गाई चितवन जिल्लाबाट खरिद गरी गाउँपालिकाको वडा नम्बर १ ढुङ्गेसाँघुका किसानलाई वितरण गरिएको छ । किसानलाई आम्दानीको स्रोत बढाउन र दूधमा आत्मनिर्भर बनाउने उद्देश्यले गाई वितरण गरिएको पशु शाखाले जनाएको छ । 

गाई वितरण गरिएसँगै कम्पोष्ट मल उत्पादन हुने गरेर किसानले खेतिपाती उत्पादन वृद्धि तथा अग्र्यानिक सागसब्जी उत्पादन गर्ने गाउँपालिकाले अपेक्षा गरेको मैवाखोला गाउँपालिकाका प्रवक्ता चन्द्र तामाङले बताए । गाउँपालिकाले अगाडि नै अग्र्यानिक गाउँपालिका बनाउने घोषणा गरिसकेको छ । अभियानका लागि उन्नत जातका गाई, बाख्रासमेत खरिद गर्ने तयारी भइरहेको मैवाखोला गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले बताए । वनेमले भने, “गाउँपालिकामा दूध सङ्कलन तथा प्रशोधन गर्न डेरी उद्योग सञ्चालन गर्ने तयारी भइरहेको छ ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप