सातामा १२ सयले बढ्यो सुनको मूल्य, प्रतितोला १ लाख नाघ्यो
नेपाल सुनचाँदी व्यवसायी महासंघले एक साताको अवधिमा सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँले बढेको जानकारी दिएको छ । महासंघले गत साताको शुक्रबारको तुलनामा १२ सय रुपैयाँले बढ्दै सुनको मूल्य १ लाख ३०० रुपैयाँ पुगेको जानकारी दिएको हो ।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार १०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ६०० रुपैयाँ कायम थियो । जुन, यो साताको शुक्रबारसम्म प्रतितोला १२ सय रुपैयाँले बढेर छापावाल सुनको मूल्य १ लाख ३०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा ९९ हजार ८०० रुपैयाँ छ ।
साताको पहिलो कारोबार दिन सुनको भाउ बढेको थियो । यस्तै, सोमबार पनि उकालो लागेको सुनको भाउ मंगलबार भने घटेर बुधबार समेत स्थिर रहेको थियो । बिहीबार सामान्य उकालो लागेको सुनको भाउ शुक्रबार एकै दिन ६०० रुपैयाँले बढेको थियो ।
यसैगरी, यो साता चाँदीको मूल्य समेत प्रतितोला ४५ रुपैयाँले बढेको छ । गत साताको शुक्रबार तोलामा १३ सय ४५ रुपैयाँ रहेको चाँदीको मूल्य यो शुक्रबारसम्मा १३ सय ९० रुपैयाँ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुल्मीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु, एक घाइते
-
दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी
-
नेपाली सेनाले माग्यो विभिन्न पदमा दरखास्त
-
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा
-
डढेलोमा परेर चरिचरनमा राखिएका मौरीका घार नष्ट, बीमा नहुँदा किसान मर्कामा
-
प्रसारणको लाइनको तार परिवर्तन गर्दै विद्युत् प्राधिकरण, काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने