बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

समानुपातिक सांसदको टुङ्गो लगाउन जसपा कार्यकारिणी समितिको​ बैठक सुरु

शनिबार, २४ मङ्सिर २०७९, ०९ : १८
शनिबार, २४ मङ्सिर २०७९

जनता समाजवादी पार्टी नेपालले कार्यकारिणी समितिको बैठक सुरु भएको छ । प्रदेश सभाको समानुपातिक सदस्य चयनलगायतको विषयमा छलफल गर्नका लागि सो बैठक बोलाइएको हाे ।  

जसपाले प्रतिनिधि सभातर्फ प्रत्यक्षमा सात र समानुपातिकमा ५ गरी १२ सिट जितेको छ । त्यस्तै प्रदेश सभातर्फ मधेस प्रदेशमा नौ प्रत्यक्ष र सात समानुपातिक गरी १६, लुम्बिनी प्रदेशमा दुई प्रत्यक्ष र एक समानुपातिक गरी ३ र प्रदेश १ मा १ सिट समानुपातिक प्रतिस्पर्धाबाट ल्याएको छ । यसरी प्रदेश सभातर्फ जम्मा सिट संख्या २० रहेको छ ।

बैठकले प्रतिनिधि सभातर्फको पाँच समानुपातिक सिट र प्रदेश सभातर्फको नौ समानुपातिक सीटको टुङ्गो लगाउने सो पार्टीका प्रवक्ता मनिष सुमनले बताए ।  

जसपाका अध्यक्ष उपेन्द्र यादव नै चुनाव हारेका छन् । उनी सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष सिके राउतबाट पराजित भएका हुन् ।

मधेस प्रदेश र एक नम्बर प्रदेशमा केही सीटमा एमालेसँग चुनावी तालमेल गरेको जसपाले विगतको चुनावहरु भन्दा यसपटकको चुनावमा कमजोर देखिएको छ । त्यसको विषयमा पनि समीक्षा हुने स्रोतले जनाएका छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप