शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पुष्पाहरू कति जल्ने ?

शनिबार, २४ मङ्सिर २०७९, ०९ : ०७
शनिबार, २४ मङ्सिर २०७९

पुस्तौदेखिको रितीथिति 
कहिलेसम्म हो सम्हाल्ने,
व्यवहारिकताका कुरा जहिले पनि 
महिलाले नै किन झेल्नुपर्ने ।

आधुनिक भयो समाज भन्छन्
म त खै देख्दिन,
पुष्षा जस्ता चेलीले हेर
जलेर कति मर्ने ।

कानुनले हेर सम्पन्न छन् है 
आजका दिदी बहिनी
सामाजिक दुर्व्यवहार अझै छ जारी
अब त कति पो सहने नि ।

पुष्पा एक प्रतिनिधि पात्र 
नेपाली समाजको,
हटाउनु पर्छ अन्धविश्वास,
अनि कुसंस्कारको । 

शिक्षितहरु सचेत हुनुपर्छ
हे सब नारी हो,
हिम्मत जुटाऊँ, हौसला दिऊँ
अब त जागौ हो ।

नारीको जीवन खुकुरीको धार
उस्तै उस्तै हो,
सम्हाली पाइला चालौ है
साथी सुन्दर छ संसार यो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुनिता गाइसी
सुनिता गाइसी
लेखकबाट थप