जुम्लामा परम्परागत घर हराउँदै

जुम्लामा परम्परागत घरको शैली हराउँदै गएको छ। जुम्लाको सबै क्षेत्रमा यातायातको पहुँच भए सँगै पछिल्लो पुस्ताले घरको छानो जस्तापाताले छाउन थालेपछि परम्परागत घरको शैली हराउँदै गएको हो।
मल्ल कालमा बनेका माटाको छत दर्जनौं घरहरूसँगै जोडिएको पाइन्थ्यो, तर पुराना घरहरू अहिले हराउँदै गएका छन्। पछिल्लो समयमा यहाँका बूढापाकाले परम्परागत घरको शैली हराएसँगै आफूहरूको संस्कृतिक हराएको बताएका छन्। हिमाली जिल्लामा हिउँदमा बस्नको लागि न्यानो हुने माटोका घरहरु लोप भएका छन् ।
पातारासी -१ स्याला गडिगाउँका सिंह ऐडीका अनुसार जुम्लामा बनाइने परम्परागत घरको छुट्टै विशेषता छन्। पुराना शैलीका माटोका छत भएका घर ११ देखि २० घरसम्मसँगै हुने र उनीहरूले आफ्नो भाषामा गाउँलाई वाडा भनेर चिन्ने वा चिनाउने गर्थे। बूढा पुस्ताहरूका अनुसार पुराना घर भूकम्पबाट बच्न, र कुनै ठूलो सभा समारोह तथा भोज भतेर गर्नको लागि सहज हुने गर्थ्यो।
पछिल्लो समयमा पुराना घरहरू हराउन थालेपछि मौलिक संस्कृति हराउँदै जान थालेको उनीहरूको गुनासो छ। पातारासीका हरि ऐडी हाम्रो धार्मिक परम्परा बचाउन चुनौति देखिएको बताउँछन्। जुम्लाका आठै स्थानीय तहका गाउँ-गाउँमा जस्ताले छाना छाइएको छ,' उनले भने,'परम्परागत घर निर्माणको शैली हराउँदै गएसँगै यहाँको मौलिक संस्कृति पनि लोप हुने सम्भावना बढेको छ । '
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सलमानलाई फेरि ज्यान मार्ने धम्की, कारलाई बमले उडाउने सन्देश
-
रोजगार श्रृङ्खलामा काम गर्ने प्रतिबद्धतासहित श्रममन्त्रीले दिए नयाँ वर्षको शुभकामना
-
१६ बैंकले ब्याजदर यथावत् राख्दा तीन बैंकले घटाए, एउटाको बढ्यो
-
च्यासलमा एमाले सचिवालय बैठक जारी
-
भारतमा लुक्दा प्रसाईंले भेटे हिन्दुवादी अगुवा र बाबा
-
कांग्रेसले महाधिवेशन गर्न नसक्ने भ्रातृ संस्थाबारे छलफलपछि मात्रै निर्णय लिने