कविता : उहाँले फेरि चुनाव जित्नुभयो
शनिबार, २४ मङ्सिर २०७९, ०६ : ४८
थाहा भएन देशको लागि
के के कसो कसो गर्नु भयो
पटक पटक मन्त्री भएर
कसको मुहार फेर्नु भयो
अब होला, तब होला भन्दा भन्दै
बुढापाका कति बित्नु भयो
कमजोरी भयो, अब त गर्छु भन्दै
उहाँले फेरि चुनाव जित्नु भयो ।
भोट माग्न त यहाँ र उहाँ
हेलिकोप्टरबाटै पाउ कष्ट गर्नु भयो
दुःख आँसु, गरिबी र बेरोजगारीलाई
हजारौँ मीठा सपना छर्नु भयो
उता बेजोड तातो, चिसोले खाडीमा
कति कति युवा युवती बित्नु भयो
यता उद्योगधन्दा खोल्छु भन्दै
उहाँले फेरि चुनाव जित्नु भयो ।
युवायुवतीका एजेन्डा चम्केपछि
गठबन्धनको सहारा लिनु भयो
स्वार्थ र व्यक्तिगत फाइदाको लागि
जो सुकैलाई पार्टी चिन्ह दिनु भयो
यही देश हो, जहाँ कति नेता कार्यकर्ता
जनताको हित गर्दा गर्दै बित्नु भयो
सत्ता शक्ति र पैसाको भरमा भए पनि
उहाँले फेरि चुनाव जित्नु भयो ।
हालः लस एन्जेलस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा