बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

लघुकथा : संधियार

शनिबार, २४ मङ्सिर २०७९, ०६ : ४३
शनिबार, २४ मङ्सिर २०७९

मेरा संधियार पल्लाघरे कान्छो जग्गा जमिन आफन्तलाई बुझाएर पुर्खाको थाकथलो छाडेर परदेशी भइसके । 

उनी गाउँमा आउँदा निकै महत्त्व दिएर मान सम्मान गरिन्छ । कान्छाको सम्मान हेर्दा लाग्छ, म पनि चाँडै पुर्खाको अलिकति भएको सम्पत्ति सस्तैमा बेच–विखन गरेर बाँकी रहेको आफन्तलाई छाडेर परदेश तिर जाऊँ कि । 

मनमा हुटहुटी भइरहेको छ । आफूसँगै जन्मेको साथी गाउँ आउँदा सम्मान पाएको देख्दा औडाहा नहोस् पनि कसरी ? उसको सम्मानले गाउँका सबै साथीहरू भन्ने गर्छन्, पल्लाघरको कान्छोले गाउँ छाडेर बसाइँ सरी गएपछि निकै प्रगति गरेछ । 

सायद यो प्रगति उसले गाउँमै बसेको भए गथ्र्याे कि गर्दैनथ्यो ? त्यो त भन्न सकिन्न । तर उसको प्रगति देखेर डाहा गर्नेहरू पनि धेरै छन् । 

यता सँगै बसेको खेलेको साथी साने गाउँमा भएको जग्गापात बचेर परदेशी भएको वर्षौँ भइसकेको छ । तर उसको कुनै अत्तो–पत्तो छैन । उसले जीवन कसरी बिताइरहेको होला । सायद ! उसको पनि जीवन पल्ला घरे कान्छाको जस्तै होला । 

तर, कुरो त्यस्तो रहेनछ । ऊ गाउँमा हुँदा समाजमा नमिलेको कारणले गर्दा उसले आफ्नो जग्गा जमिन बेच्नु परेको थियो । ऊ गाउँ छाडेर जुन ठाउँमा गएको थियो । त्यस ठाउँमा पनि उसले आफूलाई सामाजिक बनाउन नसक्दा उसले धरै हण्डर खाएको रहेछ । 

उसले आफ्नो संधियारलाई संधियार जस्तो ठानेनछ । अनि छिमेकीलाई छिमेकी जस्तो नठान्दा उसको घरमा ठुलो विपत्ति आइपरेको वेला सहयोग गर्ने साथी कोही नभएपछि उसका श्रीमतीले प्राण त्याग गरिछिन् । 

ऊ आज पश्चतापमा जल्दै भन्दै थियो, ‘दुष्ट नै भएपनि छिमेकी भनेको, छिमकी नै हुन् ।’ अनि पुर्खाको नासो बिक्री गरेकोमा पनि उसलाई ठुलो पञ्चाताप लागेको रहेछ । अनि भन्दै थियो, संधियारहरुले फेरि मलाई नै बेचुन् है ती जग्गा जमिन...। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मणिकुमार श्रेष्ठ ‘सिजन’
मणिकुमार श्रेष्ठ ‘सिजन’
लेखकबाट थप