बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

राप्रपाको कार्यसम्पादन समिति बैठक आज, समानुपातिक सांसद चयन गर्ने तयारी

शनिबार, २४ मङ्सिर २०७९, ०६ : ३६
शनिबार, २४ मङ्सिर २०७९

प्रतिनिधिसभा र प्रदेशसभातर्फ समानुपातिक सांसद चयन गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को कार्यसम्पादन समिति बैठक आज बस्ने भएको छ । 

बैठक आज बिहान ११ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । बैठकले चुनावी समीक्षासमेत गर्ने बताइएको छ । 

राप्रपाले प्रतिनिधिसभातर्फ समानुपातिकमा ७ र प्रदेश सभातर्फ समानुपातिकमा १७ सिट जितेको छ । राप्रपाले प्रतिनिधिसभा प्रत्यक्षतर्फ ७ सिट जितेको छ ।

निर्वाचन आयोगले दलहरूलाई आज ४ बजेभित्र प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फका सांसदको सूची क्लस्टर मिलाएर पठाउन निर्देशन दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप