बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

समानुपातिक सांसद छान्न माओवादीलाई सकस, आज पुन: पदाधिकारी बैठक बस्दै

शनिबार, २४ मङ्सिर २०७९, ०६ : २७
शनिबार, २४ मङ्सिर २०७९

समानुपातिक सांसदकाे ​ नाम टुंगो लगाउन नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्ने भएको छ । यसअघि हिजो बसेको पदाधिकारी बैठक समानुपातिक सांसदको अन्तिम सूची नटुंग्याइकनै सकिएको थियो । 

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा हिजाे बसेको पदाधिकारी बैठक समानुपातिक सूचीका विषयमा पुनः छलफल गर्ने गरी सकिएको थियाे । समानुपातिक सूचीका विषयमा सरोकारवाला निकाय र कानुन विद्हरुसँग छलफल गरेर आज टुंगो लगाइने सचिव लीलामणि पोखरेलले जानकारी दिए ।

माओवादीले संघमा १४ र प्रदेशमा कुल २९ सिट पाएको छ । समानुपातिक सांसदको सूची आज ४ बजेभित्र निर्वाचन आयोगमा पेस गर्नुपर्ने समय तालिका छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप