शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पेनाल्टी सुटआउटमा ब्राजिल स्तब्ध, क्रोएसिया विश्वकपको सेमिफाइनलमा प्रवेश

शुक्रबार, २३ मङ्सिर २०७९, २३ : ४७
शुक्रबार, २३ मङ्सिर २०७९

क्रोएसियासँग पेनाल्टी सुटआउटमा स्तब्ध हुँदै ब्राजिल कतार विश्वकपबाट बाहिरिएको छ । शुक्रबार राति कतारको एजुकेसन सिटी रंगशालामा क्रोएसिया पेनाल्टी सुटआउटमा ४–२ गोलअन्तरले विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको हो।  

निर्धारित ९० मिनेटको खेल गोलरहित र त्यसपछि अतिरिक्त समयमा पनि १–१ को बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो ।

२००२ मा पछिल्लो पटक जित हासिल गरेपछि उपाधिविहीन हुँदै आएको ब्राजिल २० वर्षपछि उपाधि पुनः कब्जा गर्ने योजनामा थियो । तर पेनाल्टीमा ब्राजिल अभागी सावित भयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप