शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

उदयपुरमा ट्रयाक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन जना घाइते

शुक्रबार, २३ मङ्सिर २०७९, २२ : ०६
शुक्रबार, २३ मङ्सिर २०७९

सगरमाथा लोकमार्गमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमा नै ज्यान गएको छ । दुर्घटनामा थप तीन जना घाइते भएका छन् ।  गाईघाटबाट सामान लिएर रौतामाई गाउँपालिका–५ रसुवा जाँदै गरेको स१त ४९४६ नम्बरको ट्रयाक्टर त्रियुगा नगरपालिका–१५ छाम्लिङ्गमा अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनामा ट्रयाक्टरमा सवार रौतामाई गाउँपालिका–६ का १८ वर्षीय शिवराज घिमिरेको घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरिक्षक (एसपी) ज्ञानेन्द्रप्रसाद फुयालले जानकारी दिए । किराना पसलको सामान लिएर रसुवा जाँदै गरेको ट्रयाक्टर अनियन्त्रित भई सडकबाट दुई सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 

दुर्घटनामा रौतामाई गाउँपालिका–४ निकासका चालक २३ वर्षीय डम्बरबहादुर आचार्य, त्रियुगा नगरपालिका–११ बेलदोभानका सहचालक १७ वर्षीय रोमन मगर र ट्रयाक्टरमा सवार त्रियुगा नगरपालिका–३ मिलनचोकका ३५ वर्षीय पुरुषोतम कार्की गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाए । 

उनीहरूलाई जिल्ला अस्पताल गाईघाटमा प्राथमिक उपचारपछि थप उपचारको लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान (घोपा) पठाएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेशकुमार पोदारले जानकारी दिए । -न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप