बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

लोसपाले आयोगमा पठायो समानुपातिक सांसदको नामावली

शुक्रबार, २३ मङ्सिर २०७९, २० : २९
शुक्रबार, २३ मङ्सिर २०७९

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले शुक्रबार प्रदेश सभातर्फ समानुपातिक सदस्यहरुको नाम निर्वाचन आयोगमा पठाएको छ । 
लोसपाका कार्यकारिणी सदस्य केशव झाका अनुसार मधेस प्रदेशबाट मधेसी महिला कोटामा रुपा कुमारी यादव र मधेसी अल्पसंख्यक महिला कोटामा रमिता प्रधानको नाम पठाइएको छ । लोसपाले मधेस प्रदेशमा प्रदेश सभातर्फ प्रत्यक्षमा सात वटा सिट जितेको छ । त्यसमा दुई सिट समानुपातिकमा पाएको हो । 

त्यस्तै, लुम्बिनी प्रदेशबाट खस आर्य महिला कोटामा हेमा वेल्वासे केसीको नाम पठाइएको छ । लोसपाले लुम्बिनी प्रदेशमा प्रदेश सभातर्फ प्रत्यक्षमा दुई सिट समानुपातिकमा एक सिट प्राप्त गरेको छ । 
लोसपाले प्रतिनिधि सभातर्फ प्रत्यक्षमा चार सिट मात्र जितेको छ । समानुपातिक मत तीन प्रतिशत भन्दा कम आएका कारण राष्ट्रिय दलको मान्यता पाउन सकेन ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप