शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भुवन केसी फेरि विवादमा, बोर्डको निर्देशन हल सञ्चालकले अवज्ञा गर्ने

शुक्रबार, २३ मङ्सिर २०७९, २० : ०९
शुक्रबार, २३ मङ्सिर २०७९

अभिनेता तथा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी फेरि विवादमा फसेका छन् । शुक्रवार दिउँसो अध्यक्ष केसीले हलहरुले विश्वकपका खेल देखाए कारबाही गर्ने भन्दै पत्र काटेपछि उनी फेरि विवादमा फसेका हुन् ।

गत ३० नोभेम्बरमा बोर्ड मातहतकै बक्सअफिस विभागले इमेलमार्फत विश्वकप देखाउनका लागि प्रदर्शकलाई वितरण र मुभी कोड पठाएको थियो । तर, शुक्रवार अध्यक्ष केसीले विश्वकप नदेखाउन भन्दै चेतावनीयुक्त पत्र काटेपछि अहिले बोर्डको विरोध सुरु भएको छ ।

हल सञ्चालक र वितरकको छाता संस्था नेपाल चलचित्र संघका महासचिव नरेन्द्र महर्जनले बोर्डको निर्देशन नमान्ने बताए । ‘पहिला विदेशी फिल्मसरह कर बुझाएर विश्वकप देखाउन अनुमति दिने अहिले नदेखाउन चेतावनी दिन्छ भने त्यो नियम किन मान्ने ?’ महर्जनले प्रतिप्रश्न गरे । विश्वकप देखाउँदा आउने जुनसुकै परिस्थितिको सामना गर्न आफूहरू तयार रहेको भन्दै महर्जनले विश्वकप हलले देखाउने बताए ।
त्यस्तै चलचित्र संघका पूर्वमहासचिव तथा प्रदर्शन अशोक शर्माले पनि बोर्डले अहिले गरेको निर्देशन नमान्ने बताए । ‘पहिले देखा भनेर टिकट बेच्न लगाउने, अहिले नदेखा भन्दा अप्ठ्यारो पर्छ । यो कुरो राम्रो होइन’, शर्माले भने ‘हलवालाले नेपालको राइट किनेकोसँग कुरा गरेर, देखाउनका लागि विकास बोर्डसँग कोर्ड पनि प्राप्त गरेका छन् । त्यसमा हलको के गल्ती भयो र ?’ । बोर्डले कोड दिएपछि टिकट बेचेको बताउँदै शर्माले अहिले नदेखा भन्नु केटाकेटी पारा भएको धारणा राखे । 

‘विश्वकप हलले देखाउन मिल्दैन भने पहिलै कोड नदिएको भए हुन्थ्यो । कोड नभए हलले देखाउँदैन थिए । वल्र्डकप सुरु भएको यतिका समय नदेखाएर पनि भयो’, शर्माले अगाडि थपे, ‘देखाउन सबै व्यवस्था गर्ने, हलले टिकट बेच्ने भनेको विकास बोर्डको कोर्ड आएपछि हो । टिकट बेचिसकेपछि अहिले नदेखा भन्न मिल्दैन ।’ हलले अहिले विश्वकप देखाउने र आइतबार अफिस खुलेपछि जे हुन्छ त्यही फेस गर्ने शर्माको धारणा रहेको छ । यसअघि पनि केसी पटक पटक विवादमा तानिने गरेका  थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप