बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपति सी र कतारी अमिरबीच विश्वकपबारे छलफल

शुक्रबार, २३ मङ्सिर २०७९, १८ : १०
शुक्रबार, २३ मङ्सिर २०७९

चिनियाँ राष्ट्रपति सी चिनफिङ र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगिता बारे छलफल भएको छ । साउदी अरबको राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति सी र कतारी अमिरबीच आज यहाँ भएको भेटवार्तामा विश्वकप प्रतियोगिताबारे छलफल भएको हो । 

चीनका राष्ट्रपतिले विश्वकपको पूर्ण सफलताको कामना गर्दै कतारले खेलको सफल आयोजना गरेर आफ्नो योग्यता प्रस्तुत गरेको बताए । उनले आजको अनिश्चित विश्वमा त्यसले  ताजा र सकारात्मक उर्जा दिएको बताए । कतारी अमिरले राष्ट्रपतिको शुभकामनाका लागि कृतज्ञता ज्ञापन गर्दै विश्वलाई आज अरब संसारको क्षमता र भावनाबारे जान्न खेलहरू आवश्यक भएको बताए ।

चिनियाँ कम्पनीले विश्वकपका लागि मुख्य रङ्गशाला निर्माण गरेको  तथा दुईवटा पाण्डाको कतार आगमनले खेलकुदको उत्सवमय वातावरणमा नयाँ आकर्षण थपिएको बताउँदै कतारी अमिरले त्यसबाट आफ्नो देश र चीनबीचको मैत्रीलाई थप सुदृढ तुल्याएको विचार व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप