रुस र चीनमाथि नयाँ प्रतिबन्ध लगाउँदै अमेरिका

अमेरिकाले रुस र चीनमाथि नयाँ प्रतिबन्ध लगाउने तयारी गरेको छ । मानवअधिकार उल्लङ्घनलाई मुद्दा बनाएर दुवै देशमाथि थप प्रतिबन्ध लगाउने तयारीमा बाइडेन प्रशासन रहेको वाल स्ट्रीट जर्नलले जनाएको छ ।
प्रतिबन्धको अंश ‘ग्लोबल म्याग्निट्स्की’ ऐनअनुसार चीन र रुसमाथि लादिने प्रतिबन्धले अमेरिकी अधिकार क्षेत्रमा रहेका रुस र चीनका कुनै पनि सम्पत्ति रोक्का गर्ने, अमेरिकाको यात्रामा रोक लगाउने र व्यापारिक कारोबारमा रोक लाग्नेछ । उक्त ऐनले अमेरिकी सरकारलाई विश्वव्यापी रूपमा विदेशी सरकारी अधिकारीमाथि प्रतिबन्ध लगाउने अधिकार दिएको छ । प्रतिबन्धबाट रुसी रक्षा क्षेत्रका धेरै संस्था प्रभावित हुनेछन् ।
म्याग्निट्स्कीले अमेरिकालाई मानवअधिकार हनन वा भ्रष्टाचारमा संलग्न कुनै पनि संस्था वा व्यक्तिमाथि प्रतिबन्ध लगाउने अधिकार दिएको छ । संयुक्त अधिराज्य र क्यानडासहित विश्वका अन्य देशमा पनि यस्तै कानुनी व्यवस्था छ ।
अमेरिकी प्रतिरक्षा मन्त्रालयले हालै सार्वजनिक गरेको चीनको सैन्य सामर्थ्यसम्बन्धी प्रतिवेदन र गत अक्टोबरमा निकालेको राष्ट्रिय रक्षा रणनीतिमा पनि चीन र रुसलाई अमेरिकी चुनौतीका रुपमा प्रस्तुत गरेको थियो । चीन र रुसभन्दा बाहिरका शक्तिले पनि चुनौती थपेका पेन्टागनले बताउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कश्मीर : भारत–पाकिस्तानबिच आजसम्मका तनाव शृङ्खला
-
पाकिस्तानको गोलाबारीमा जम्मू कश्मीरका एक अधिकारीको मृत्यु
-
पाकिस्तानद्वारा भारतविरुद्ध प्रत्याक्रमणको घोषणा
-
ठेकदार सांसद कान्छारामको लापर्बाही : दोस्रो म्याद पनि सकियो तर सकिएन १५ सडकको काम
-
तस्बिरमा हेर्नुहोस् पर्यटकका लागि आकर्षक गन्तव्य अन्नपूर्ण चक्रीय पदमार्ग
-
भारत र पाकिस्तानलाई प्रत्यक्ष वार्ता गर्न जी-सेभेन देशको आग्रह