बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बिरामी छोरी भेट्न जाँदा मणिपाल अस्पतालबाट खसेर आमाको मृत्यु

शुक्रबार, २३ मङ्सिर २०७९, १७ : ५७
शुक्रबार, २३ मङ्सिर २०७९

मणिपाल शिक्षण अस्पतालको तेस्रो तलाबाट खसेर एक महिलाको मृत्यु भएको छ । शुक्रबार दिउँसो बिरामी छोरी भेट्न गएकी सराङ्कोटकी ६५ वर्षीय धनसरी धर्तीको ज्यान गएको कास्कीका इन्स्पेक्टर ज्ञान खड्काले बताए । 
मुटुसम्बन्धी बिरामी भएर उपचाररत छोरीलाई भेट्न पुगेकी धनसरी अस्पतालको तेस्रो तलाबाट खसेकी थिइन् र उनको तत्कालै मृत्यु भएको खड्काले बताए । 

स्रोतका अनुसार ६५ वर्षीय धनसरीले छोरी भेट्न सिँढी उक्लने क्रममा लडेर मृत्यु भएको हो । ‘अस्पतालको तेस्रो तलामा रेलिङ नहुँदा उहाँको मृत्यु भयो । उहाँले पनि रेलिङ नभएको मेसो नपाउँदा यस्तो दुर्घटना हुन पुग्यो,’ तेस्रो तलामै विरामी कुरिरहेका एकजनाले भने । 

घटनापछि आफन्तले अस्पतालमा नाराबाजी गरेका छन् । ‘परिवार र अस्पताल प्रशासनबीच शुक्रबार बेलुका वार्ता हुँदैछ,’ धनसरीका एक आफन्तले भने ।  धनसरीकी छोरी पूर्णकुमारी ३ दिनदेखि मुटुसम्बन्धी समस्याका कारण मणिपालमै उपचाररत रहेकी प्रहरीले जनाएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको इन्स्पेक्टर खड्काले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप