शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

समानुपातिक सूची फाइनल नगरी सकियो माओवादी बैठक

शुक्रबार, २३ मङ्सिर २०७९, १७ : ४१
शुक्रबार, २३ मङ्सिर २०७९

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक भोलि फेरि बस्नेगरी सकिएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठक समानुपातिक सूचीका विषयमा पुनः छलफल गर्ने गरी सकिएको हो । 

समानुपातिक सूचीका विषयमा सरोकारवाला निकाय र कानुन विद्हरुसँग छलफल गरेर भोलि टुंगो लगाइने सचिव लीलामणि पोखरेलले जानकारी दिए । ‘सातै प्रदेश र संघबाट प्रतिनिधित्व गर्ने समानुपातिक सूचीका विषयमा छलफल भयो । मुख्य रुपमा कलस्टरमा केन्द्रीत भई छलफल भयो । अप्सन नभएको व्यक्तिको विषयमा  सकियो । केही गर्नु परेन ।  अप्सन भएका व्यक्तिका विषयमा कसरी जाने भन्ने विषयमा छलफल भयो’ पोखरेलले भने, ‘सरोकारवाला निकाय तथा कानुनविद् लगायतसँग परामर्श गरेर भोलि टुंगो लगाउने भनिएको छ । ’ भोलि माओवादी पदाधिकारी बैठक बसेर समानुपातिक सूची फाइनल गर्ने पोखरेलले बताए । माओवादीले संघमा १४  सिट पाएको छ भने प्रदेशमा कुल २९ सिट पाउने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप