समानुपातिक सूची फाइनल नगरी सकियो माओवादी बैठक
नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक भोलि फेरि बस्नेगरी सकिएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठक समानुपातिक सूचीका विषयमा पुनः छलफल गर्ने गरी सकिएको हो ।
समानुपातिक सूचीका विषयमा सरोकारवाला निकाय र कानुन विद्हरुसँग छलफल गरेर भोलि टुंगो लगाइने सचिव लीलामणि पोखरेलले जानकारी दिए । ‘सातै प्रदेश र संघबाट प्रतिनिधित्व गर्ने समानुपातिक सूचीका विषयमा छलफल भयो । मुख्य रुपमा कलस्टरमा केन्द्रीत भई छलफल भयो । अप्सन नभएको व्यक्तिको विषयमा सकियो । केही गर्नु परेन । अप्सन भएका व्यक्तिका विषयमा कसरी जाने भन्ने विषयमा छलफल भयो’ पोखरेलले भने, ‘सरोकारवाला निकाय तथा कानुनविद् लगायतसँग परामर्श गरेर भोलि टुंगो लगाउने भनिएको छ । ’ भोलि माओवादी पदाधिकारी बैठक बसेर समानुपातिक सूची फाइनल गर्ने पोखरेलले बताए । माओवादीले संघमा १४ सिट पाएको छ भने प्रदेशमा कुल २९ सिट पाउने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण